सुदुरपश्चिम प्रदेश स्तरीय हाप्किडो सेमिनार सम्पन्न

डडेल्धुरा-नेपाल हाप्किडो संघो सुदूरपश्चिम स्तरीय प्रशिक्षक, रेफ्री तथा लिडरसिप सेमिनार डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा आज सम्पन्न भएको छ ।
सुदुरपश्चिम प्रदेश हाप्किडो संघका संयोजक तथा केन्द्रिय सदस्य राजेन्द्र मडैको सभाअध्यक्ष र आलिताल गाउपालिकाको अध्यक्ष शेर सिंह पार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


सेमिनारको उद्घाटन कार्यक्रममा आलिताल गाउपालिकाका उपाध्यक्ष मैनाकुमारी रावल, नेपाल हाप्किडो संघका अध्यक्ष ग्राण्ड मास्टर काली बहादुर घर्ती मगर, केन्द्रिय सदस्य मो.समिर हलुवाई, केन्द्रिय सदस्य खिम पुन मगर, डडेलधुरा जिल्ला हाप्किडो संघका अध्यक्ष बीर बहादुर सारु मगर लगायत अन्य विशिष्ट व्यक्तित्वहरु र सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गरि प्रशिक्षणमा सहभागिता भएका प्रशिक्षकहरुको उपस्थित थियो ।

सेमिनारलाई गाण्ड मास्टर काली बहादुर घर्ती मगर र मास्टर खिम पुन मगरले प्रशिक्षण दिनु भएको थियो ।

You might also like