डडेल्धुरा -डडेल्धुराको सर्वाधिक राशि भएको प्रतियोगिता मानिएको अमरगढी टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन आज दुई वटा खेल सम्पन्न भएको छ ।

आज भएको पहिलो खेलमा रियल स्टार क्लवले जय कालिका नर्सिंग स्टार माथी ८५ रनको विसाल अन्तरले विजय हासिल गरेको छ । पहिलो खेलमा १५ ओभर खेल्दै रियल स्टारले ३ विकेटको क्षतिमा २२८ रन बनाएको थियो भने जवाफी खेलमा जय कालिका नर्सिंग स्टारले ६ विकेट गुमाउदै जम्मा १४३ रन बनाएको थियो ।
यस्तै आज भएको दोश्रो खेलमा किंगस युथ क्लवले डडेल्धुरा वारियर्स लाई २३० रनको फराकीलो अन्तरले हराएको छ । पहिले व्याटिंग गरेको किंगस युथ क्लवले१५ ओभर खेल्दै ५ विकेटको क्षतिमा २६० रन बनाएको थियो भने जवाफमा डडेल्धुरा वारियर्सले ८ दशमलब २ ओभरमा सबै खेलाडी गुमाउदै जम्मा ३० रन बनाएको छ । आज भएको खेलमा रियल स्टार क्लवका सरोज तोलांगी र किंगस युथ क्लबका राजेश ऐर उत्कृष्ठ खेलाडी घोषित भएका छन् ।

सम्मान–समानता आर्थिक समृद्वि द्धिप डडेल्धुराुको आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा आज देखी सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशसभा सदश्य डा.तारा जोशीले उद्घाटन गर्नुभएको हो ।
दिप डडेल्धुराका अध्यक्ष सुन्दर जैरुको सभापतिव्यमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदश्य डा.तारा जोशी हुनुहुन्थयो भने विशिष्ट अतिथिको रुपमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत डडेल्धुरा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
जम्मा ११ वटा टिमले प्रतियोगितामा प्रतिस्पद्र्धा गर्नेछ भने प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ ।