अमरगढी टि–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिकः डा.तारा जोशीले भोलि उद्घाटन गर्ने

डडेल्धुरा । डडेल्धुराको सर्वाधिक राशि भएको प्रतियोगिता मानिएको अमरगढी टि–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

सम्मान–समानता आर्थिक समृद्वि द्धिप डडेल्धुराुको आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा यहि भोलिदेखि उक्त प्रतियोगिता हुन लागेको हो । भोलि विहान ९ बजे एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशसभा सदश्य डा.तारा जोशीले उद्घाटन गर्नुहुने भएको छ ।


प्रतियोगिताका विजेतालाई १ लाख नगद र उपविजेतालाई ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सम्मान–समानता आर्थिक समृद्विका निर्देशक विक्रम जैरुका अनुसार सर्वोष्कृट ब्याट्सम्यानलाई नगद ५ हजार, सर्वोष्कृट बलरलाई ५ हजार र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार प्रदान गरिने छ । उनीहरुलाई पनि ट्रफि र मेडल दिइने जैरुले बताए ।

जिल्लाको कला संस्कृति र खेलकुद विकास प्रतिष्ठा वृद्विमा खेलकुदको माध्यमले सहयोग पुर्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ ।


क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गर्ने कार्यक्रममा डडेल्धुरा जिल्ला कृकेट संघका अध्यक्ष, हरि प्रसाद उप्रेती, दिप डडेल्धुराका अध्यक्ष सुन्दर जैरु, नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिँह लगायत संञ्चारकर्मी तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

You might also like