आलिताल गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सुरु

गोदाम–डडेल्धुराको आलिताल गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ ।
बडादसैँ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरमा आलिताल गाउँपालिका स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको बिहीबार एक समारोहकाबीच संविधानसभा सदस्य हरिलाल थापाले समुद्घाटन गरेका छन । कार्यक्रमका विशिष्ट अतिथि आलिताल गाउँपालिका अध्यक्ष शेरसिंह पार्की थिए ।

सरस्वती माद्यमिक विद्यालय भित्रिसैनको आयोजनामा सुरु भएको प्रतियोगितमा आलिताल गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुको आठवटा टीम सहभागी भएको प्रध्यानाध्यापक भानबहादुर सुनारले बताए । गाउँपालिकाभर कार्यरत सबै शिक्षकहरुबीच समन्वय र सद्भाव कायम राख्न मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको आलिताल गाउँपालिकाले जनाएको छ । शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता प्रथम टीमलाई १० हजार, द्वितीय हुने टीमलाई सात हजार र तृतीय हुने टीमलाई पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ ।

You might also like