डडेल्धुराको दक्षिण भेगमा पर्ने र भित्री मधेश क्षेत्रको रुपमा चिनिने परशुराम नगरपालिका आलिताल क्षेत्रका किसानलाई लक्षित गरि पहिलो पटक व्यवसायिक रुपमा गड्यौले मल तथा गड्यौला उत्पादन सुरु भएको छ ।
यस क्षेत्रमा पर्ने आलिताल गाउँपालिका तथा परशुराम नगरपालिकाका विभिन्न समुदायहरूमा पछिल्लो समयमा घरायसी रुपमा गड्यौले मल उत्पादन गर्ने क्रम सुरु भएसँगै अन्य किसानलाई पनि गड्यौला तथा गड्यौले मल बिक्री गर्ने उद्देश्यका साथ आलिताल गाउँपालिका वडा नं. ८, दुवालीखेतका अगुवा किसान लालबहादुर डालाले व्यवसायिक रुपमा गड्यौले मल उत्पादन सुरु गरेका छन् । यो यस क्षेत्रकै पहिलो व्यवसायिक गड्यौले मल उत्पादन गर्ने प्लान्ट हो ।
पछिल्लो समय रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोमा आएको परिवर्तनलाई किसानहरूले महसुस गर्न थालेका छन् । रासायनिक मलको प्रयोगका कारण माटोको उर्वरा शक्ति घट्नुका साथै मानव स्वास्थ्यलाई पनि असर पर्ने कुरा बुझ्न थाले पछि यहाँका किसानहरू पनि जैविक मल तर्फ आकर्षित हुन थालेका छन् ।
आलिताल गाउँपालिका र जीआईजेडले विभिन्न साझेदारहरूसँगको साझेदारीमा जलवायु उत्थानशील कृषि सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि किसानहरू परिवर्तित तथा आधुनिक कृषितर्फ आकर्षित हुन थालेका हुन ।
आलितालका समुदायहरूमा विभिन्न समयमा विभिन्न साझेदार संस्थाहरूले जलवायु उत्थानशील कृषि, जैविक मल, जैविक विषादीको उत्पादन तथा प्रयोगसम्बन्धी अभिमूखीकरण र छलफल कार्यक्रमहरू सञ्चालन गरेपश्चात किसानहरू जैविक मल तथा जैविक विषादीतर्फ आकर्षित भएको चेतना साना किसान कृषि सहकारी संस्था लिमिटेड आलितालका अध्यक्ष कृष्ण दत्त जोशी बताउँछन् ।

गड्यौले मल तयार गर्ने क्रममा घर वरपरको कुहिने घाँसहरूको प्रयोग गर्न मिल्ने हुँदा किसानहरूले यो प्रविधि सहज मानेको कृषि प्राविधिकहरू बताउँछन् ।
नेपालमा खेतीपातीको मौसम आउनै लाग्दा मलको अभाव भएको समाचार बजारमा आउने गर्दछन् र पैसा भएर पनि मल नपाउने अवस्था रहेको छ । बजारमा बिचौलियाको हालीमुहाली भएको कारण किसानले आफूले चाहे अनुसार मल नपाइरहेको अवस्थामा वैकल्पिक व्यवस्थाको लागी गड्यौले मल उत्कृष्ट विकल्पको रुपमा देखिन थालेको छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुका अनुसार पछिल्लो समय विभिन्न सङ्घसंस्था तथा सरकारी निकायबाट गड्यौले मल बनाउन सिकाइ रहेका र किसान आफैले पनि बनाइरहेको हुँदा कति घरमा घरायसी रुपमा गड्यौले मल उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि आलिताल गाउँपालिकाको दुवालीखेतमा स्थापना गरिएको प्लान्ट चाँहि यस क्षेत्रकै पहिलो व्यावसयिक गड्यौले मल उत्पादन गर्ने प्लान्ट हो ।

जीआईजेड तथा बहुउद्देश्यीय विकास समाज डडेल्धुराले सञ्चालनमा ल्याएको परियोजनाबाट अगुवा किसान लाल बहादुर डालालाई व्यावसयिक गड्यौले मल उत्पादन गर्ने प्लान्ट निर्माण गर्न सहयोग गरेको छ । प्लान्ट निर्माण गर्न आवश्यक फलामे ट्रस्ट, जस्तापाता, सिमेन्ट र गड्यौला परियोजनाले दिएको हो भने बाँकी अन्य खर्च डाला आफैले गरेका हुन् ।

दुवालीखेतमा पहिलो चरणमा ३.५ फिट चौडाई , ९ फिट लम्बाइ र २ फिट उचाइ भएका ८ वटा च्याम्बर निर्माण गरी गड्यौले मल उत्पादन सुरु गरिएको छ । व्यावसायिक तरकारी खेती गरिरहेका लालबहादुर डालाका अनुसार यस प्लान्टमा उत्पादन भएको मल पहिले आफ्नै बारीमा प्रयोग गर्ने र बाँकी स्थानीय किसानहरू लाई बिक्री गरिनेछ ।
स्थानीय किसानहरूले गड्यौले मल उत्पादन सुरु गर्दा अन्य संरचना निर्माण गरे पनि गड्यौला कहाँबाट ल्याउने भन्ने दुबिधा हुने गरेकाले यो प्लान्ट सफल भएमा यहाँका किसानहरूलाई यही प्लान्टबाट गड्यौला बिक्री गर्न सकिने र गड्यौले मललाई पनि प्याकेजिङ गरेर बजारमा बिक्री गर्न सकिने बहुद्देश्यीय विकास समाज, डडेल्धुराका फिल्ड प्रतिनिधि प्रदिप पन्त बताउँछन ।
सुचना
मिती २०८१/०६/१५
उपरोक्त बिषय सम्बन्धमा यस ग्रमिण महिला बिकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा ले आपतकालिन अवस्थामा बाढी तथा पहिरो बाट प्रभाबित घरपरिवारलाई खाद्यान्न तथा विभिन्न राहात तथा दैनीक उपभोग्य सामाग्रीहरु बितरण गर्नु पर्ने भएकाले यो सुचना प्रकाशित भएको मिती बाट ७ दिनको म्याद कायम हुने गरि सुचना जारी गरिन्छ । ईच्छुक तपशिलको मापदण्डका खाद्य सामाग्रीहरु उपलब्ध गराउन सक्ने पसल तथा सप्लार्यसले समयाबधिभित्रै रहि कार्यालयमा मुल्यसुचि र तपशिल बमोजिमका कागजातहरु पेश गर्न हुन अनुरोध गर्दछौ ।
तपशिलस्
- पसल तथा सप्लार्यसको व्यवसाय दत्र्ता प्रमाण पत्र भएको
२- पसल तथा सप्लार्यसको PAN भएको
३- बैकिङ्ग करोबारका लागी बैक खाता भएको
४- कर चुक्त्ता प्रमाण पत्र भएको
सी न | विवरण |
१ | चामल मसिनो २५ केजी |
२ | चामल मोटो २५ केजी |
३ | मसुरो दाल केजी |
४ | मास दाल केजी |
५ | मिक्स दाल केजी |
६ | दाल चना केजी |
७ | उत्सब तोरी को तेल लिटर/पेटी |
८ | सनफ्लावर तेल लिटर / पेटी |
९ | चिनी केजी |
१० | बिस्कुट सानो पेटी |
११ | लुगाधुने साबुन पेटी |
१२ | नुहाउने साबुन पेटी |
१३ | चाउचाउ पेटी |
१४ | सोयाबदी केजी |
१५ | दन्त मन्जन दर्जन |
१६ | चकलेट पाकेट |
…………………..
खरिद समिती
ग्रामिण महिला बिकास तथा एकता केन्द्र
रुडुक-डडेल्धुरा