कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाकाे मृत्यु

कैलाली- कैलालीमा दुई वटा माेटरसाइकल एकआपसमा ठाेक्किदा दुई जनाकाे मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गाैरीगंगा नगरपालिका -१ काे गप्कामा दुई मोटरसाइकल ठोक्किदा कैलालीको जानकी गाउँपालिका-८ बस्ने २० वर्षीय निर्मल चाैधरी र कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ का २६ वर्षीय चिरञ्जीवी मल्लकाे मृत्युु भएकाे हो।

कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहाेराले पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल चौधरी र विपरीत दिशाबाट आइरहेको बा ९५ प ९२५२ नम्बरको माेटरसाइकल मल्लले चलाएका थिए।

`दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राति नै धनगढीकाे नवजीवन अस्पताल पुगाइएकाे थियाे,´ डिएसपी बोहराले भने, `तर चिकित्सकले मृत घाेषणा गरे। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।´

यस्तै, बा ९५ प९२५२ नम्बरको माेटरसाइकलक पछाडि सवार कञ्चनरकाे शुक्लाफाँटा नगरपालिका- ७ का २२ वर्षीया दिपक बाेहाेरा पनि घाइते भएका छन्। उनको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.