बयलपाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रूपमा विकास गरिने छ : मन्त्री खड्का

अछाम- सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री मेघराज खड्काले बयल्पाटा अस्पताललाई प्रदेशको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुगेका मन्त्री खड्काले साँफेबगर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बयालपाटा अस्पतालको दिगो व्यवस्थापनका लागि विज्ञहरूको टिम बनाएर विशिष्टकृत अस्पतालको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिने बताए  । मन्त्री खड्काले चालु आर्थिक वर्षका लागि ७ करोड ५० लाख बजेट अस्पतालका विनियोजन गरिएको जानकारी दिए ।

उनले भने, ‘सिधै कुनै संघसंस्थालाई तलब खुवाउनु भनेर बजेट हाल्न मिल्दैन, अहिले मात्र बजेट विनियोजनले तत्कालको समस्या समाधान त होला ,पछि फेरि यो समस्या आईहाल्छ । त्यसैले यसको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाएको छु, विज्ञ टोली बनाउने र अगाडि बढ्ने तयारी छ ।’

बयालपाटा अस्पताललाई विनियोजन गरेको विषयमा सामाजिक सञ्जालहरूका विभिन्न टीकाटिप्पणी आएको भन्दै बयालपाटा अस्पतालका डाक्टरहरूको सल्लाहअनुसार नै बजेट विनियोजन गरिएको बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.