सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षाका लागि ११ हजार प्रहरी परिचालन

कैलाली- सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरेका छन् ।

प्रदेशका नौवटै जिल्लामा दशै, तिहार र छठको समयमा भने थप चार हजार प्रहरी परिचालन गरिने भएको छ । सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ११ हजार प्रहरी परिचालन गरिने भएको हो । यसका लागि प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रविन्द्र केसीले नागरिकको सुरक्षामा रहेका सात हजार प्रहरीसहित थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए । उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौ। जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौ। कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौ। बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौ ।’

दशै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ। प्रदेश प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको छ ।

नौवटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजभमा २०६ जना, एक सय ६० जना स्ट्राइफिङमा, पाँच सय ५३ वटा पिकेटहरु, पैदल गस्ती र मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा २५० जना, सादापोसाक, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा र लागुऔषध नियन्त्रणमा २५० जना, राजमार्गमा स्टटिङ्गका लागि २५० जना नियमित चेकजाँचका लागि यथावत छ न्। प्रदेश प्रहरी प्रमुख केसीले ट्राफिक प्रहरीहरुसँगको संयुक्त चेकिङ्गसमेत हुने बताए ।

You might also like