डडेल्धुरा-नेपाल हाप्किडो संघको सुदूरपश्चिम प्रदेश स्तरीय सेमिनार डडेल्धुराको आलितालमा हुने भएको छ ।
नेपाल हाप्किडो संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा यहि असोज १८ र १९ गते आलिताल गाउँपालिकाको सभाहलमा सेमिनारको आयोजना हुने नेपाल हाप्किडो संघ केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्र मडैले बताउनु भयो ।
नेपाल हाप्किडो संघ केन्द्रिय अध्यक्ष एवं नेपाल हाप्किडो को जन्म दाता ग्राण्ड मास्टर काली बहादुर घर्तिमगरको प्रमख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा नेपाल हाप्किडो संघ का केन्द्रिय प्रमुख प्रशिक्षक मास्टर प्रविण गुरुंगको पनि उपस्थिती हुनेछ । सुदूर पश्चिम प्रदेश स्तरीय भनिए पनि यो काय्र्रक्रम राष्ट्रिय स्तरको हुने र यस कार्यक्रममा १०० भन्दा बढी ब्ल्याक बेल्ट धारी खेलाडी तथा सिनियर खेलाडीहरुको सहभागीता हुने संयोजक राजेन्द्र मडैले बताउनु भयो ।
हाप्किडो परम्परागत कोरियन मार्शल आर्ट्स खेल हो । मार्शल आर्ट्सको फरक विधा रहेको यो खेलको उत्पत्ति दक्षिण कोरियामा सन् १९४८ मा भएको हो । राष्ट्रिय खेलकुद परिषदमा २०७३ सालमा दर्ता भएको हाप्किडो संघले बिस्तारै आफनो शाखा हरु बिस्तार गर्दैछ । आशन्न १०औँ राष्ट्रिय खेलकुदमा हाप्किडो पनि समावेश हुनलागेको संयोजक राजेन्द्र मडैले बताउनु भयो ।