डडेल्धुरा-डडेल्धुरा सदरमुकाममा जिल्ला भलिवल संघ डडेल्धुराको आयोजनामा महिला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ ।
जिल्ला भलिवल संघ डडेल्धुराले आज नेपाल पत्रकार महासंघ डडेल्धुराको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।
२०८१ असोज २० र २१ गते अमरगढी नगरपालिका वडा नं.४ स्थित टुडीखेलमा प्रतियोगिताको आयोजना गरिने भलिवल संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपालको राष्ट्रिय खेल भलिवलको प्रचार प्रसार तथा जिल्लामा महिला भलिवल खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको भलिवल संघ डडेल्धुराका कार्यवाहक अध्यक्ष धर्मराज पन्तले बताउनु भयो ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५१हजार १ सय ११ रुपैया, द्धितिय हुने टिमले २५ हजार १ सय ११ तथा तृतिय हुने टिमले १५ हजार १ सय ११ रुपैया तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने अन्य विविध विद्यामा समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
यस भलिवल प्रतियोगितामा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरु बाट जिल्ला स्तरको टिम तयार गरिने र आशन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराइने जिल्ला भलिवल संघ डडेल्धुराले जनाएको छ । प्रतियोगितामा डडेल्धुराका सात वटै पालिका बाट टिमहरु सहभागी हुने अपेक्षा गरिएको छ भने टिम दर्ताको लागी जिल्ला भलिवल संघ बाट अनुरोध पनि गरिएको छ ।