डडेल्धुरा- अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने राजमार्गअन्तर्गत डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिराे पन्छाएपछि राजमार्ग खुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका थिए । बुधबार रातिदेखि नै राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका थिए ।