बाली भित्र्याउने बेला अविरल वर्षा हुन थालेपछि किसानहरु चिन्तित

डडेल्धुरा–बर्खे बाली भित्र्याउने बेला अविरल वर्षा हुन थालेपछि किसानहरु चिन्तित छन ।
यतिबेला तराइ र पहाडका फाँटहरुमा धान पाक्न थालिसकेको छ । कतिपय ठाउँमा पाकिसकेको धान काट्ने बेला वर्षा हुने भएपछि किसानहरु आत्तिएका छन । ‘धान पाकिसकेको छ । काट्न ठिक्क परेका बेला वर्षा हुन थालेपछि तनावमा छौं,’ डडेल्धुराको अन्न भण्डार मानिने भित्रिमधेस क्षेत्रका किसान मनिलाल भट्टले भने, ‘पछिल्ला बर्षहरुमा किसानलाई जहिल्यै दुःखछ ।’ स्थानीय प्रशासन र पालिकाहरुले पनि वर्षाले कृषि क्षेत्रलाई प्रभावित हुनसक्ने भन्दै केही दिन धानबाली नकाट्न आग्रह गरेका छन ।


तराईका क्षेत्रहरुमा डुबान र पहाडी भूभागमा पहिरोको जोखिम बढेको छ । जलप्रवाह बढेर बाढी, पहिरोको जोखिम हुनसक्ने भन्दै त्यस्तो अवस्थामा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय विपद् व्यवस्थापन समिति र रेडक्रसका प्रतिनिधिहरुलाई खबर गर्न सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.