बझाङका युवक माछा मार्नेक्रममा सेती नदीमा बेपत्ता

बझाङ-  बझाङका एक युवक माछा मार्नेक्रममा सेती नदीमा बेपत्ता भएका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका हुन । स्थानीयले उनी नदीमा बेपत्ता भएको खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा–७ जनाको प्रहरी टोलीले खोजीकार्य गरिहेको छ ।

You might also like