डोटी- डोटीमा बन्दुकसहित एक जना पक्राउ परेका छन् । आज (आइतबार) बिहान प्रहरीले पूर्वीचौकी गाउँपालिका–७ बगडाका ६२ वर्षीय शंकर साउद बन्दुकसहित पक्राउ गरेको हो ।
उनी भरुवा बन्दुक बोकेर गाउँकै टोट्केबाँझस्थित कच्ची सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको डीएसपी भीमलाल भट्टराईले बताए। साउँदलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।
स्थानीयका अनुसार साउद स्थानीय वनमा वन्यजन्तुको सिकार गर्न भरुवा बन्दुक प्रयोग गर्दै आएका थिए ।