डोटी- जबरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना ९ वर्षपछि पक्राउ परेका छन् । ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका–७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन् ।
खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार शिलगढी- साँफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ।
अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का फरार रहेका थिए।