बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

बाजुरा – बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ ।

बुधवार रातिदेख राष्ट्रिय प्रशारण लाइन अन्तर्रगतको विद्युत सेवा अवरुद्ध भएको हो ।

दिपायल साफेबगर ३३ के.भी लाइनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

बुधवार रातिदेखि विग्रेको लाइनको समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।

You might also like