१३ वर्षीया बालिका बलात्कार मुद्दामा फरार रहेका डडेल्धुराका ‘लक्की सर’ पक्राउ

बैतडी- बैतडीमा १३ वर्षीया नाबालिका जबरजस्तीकरणी गरेर फरार शिक्षक धनगढीबाट पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिकाकाे एक विद्यालयमा अध्यापन गराउने २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु(लक्की) पक्राउ गरेका हुन् ।

डडेल्धुराकाे भागेश्वर गाउँपालिका-२ बस्ने पनेरूलाई इलाका प्रहरी कार्यालय पाटन बैतडीको प्रहरी टोलीले कैलालीको धनगढीबाट पक्राउ गरेको हो ।

१३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षकको नामा नाबालिकाका परिवारले जबरजस्तीकरणी मुद्दादर्ता गरेको थिए । मुद्दा दर्ता भएको करिब ६ महिनापछि बैतडी प्रहरी फरार पनेरुलाई पक्राउ गर्ने सफल भएको हो ।

शिक्षक पनेरुविरुद्ध किटानी जाहेरी दर्ता भएको दिनबाटै उनको खोजी भइरहेको थियो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.