अछाम- अछामको मेल्लेख गाउँपालिकाको कार्यालय परिसरमा एक युवक कुटिएका छन् । मेल्लेख गाउँपालिका–५ खिमाडाका गोकुल बोहरा र गौतम साउँदले सोमवार राति मदिरा सेवन गरेर पत्रकार लाल चदारालाई कुटपिट गरेका हुन् ।
उनीहरूले मदिराको तालमा गाउँपालिका कार्यालयको ढोकामा समेत लात्तीले हानेका थिए । स्थानीय समेत रहेका पत्रकार लाल चदारालाई दुई युवाले गालीगलौज, लछारपछार र कुटपिट गरेका हुन् । मदिरा सेवन गर्न आवश्यक रकम माग्ने र नदिनेलाई गालीगलौज र कुटपिट गर्ने गरेका प्रहरीले बताएको छ ।
तर, पीडित लाल चदारा प्रहरीमा गएका छैनन् । मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काकी श्रीमतीलाई उनीहरूले नै गालीगलौज गरेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरू जिल्ला प्रहरी कार्यालय, अछामको थुनुवा कक्षमा रहेका छन् । उनीहरूको विरुद्धमा अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।