सार्वजनिक पुस्तकालय डडेल्धुराद्वारा साहित्यकार पाण्डेय सम्मानित

डडेल्धुरा–डोटेली साहित्यको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपुर्ण योगदान पुगाउँदै आएका स्थानीय संस्कृतिका विज्ञ तथा लोक साहित्यकार कैलाशकुमार पाण्ेडयलाई सम्मान गरिएको छ ।
डडेल्धुरा सार्वजनिक पुस्तकालयले शनिबार १७औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोेजित कार्यक्रममा साहित्यकार पाण्डेय सम्मानित भएका हुन । उनलाई नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।


लोक श्रष्ठा पाण्डेयको नेपालीसँगै डोटेली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेकाले उनलाई सम्मान गरिएको डडेल्धुरा सार्वजनिक पुस्तकालय सञ्चालक समितिका सचिव टेकराज पाण्डेयले बताए । नेपाली साहित्य विधामा झण्डै तीन दशकदेखि साधनारत पाण्डेयले हालै ‘हाई पदमका फूल’ नामक डोटेली लोक गीत र परम्परागत ‘गौरा धमारी’ बजारमा ल्याएका छन ।


चर्चित गायक महेश औजीको श्वरमा रहेको पदमका फूल र गौरा धमारी हाल निकै लोकप्रिय बनेका छन । बिर्सिएका नाउँहरु गजल संग्रहबाट साहित्य क्षेत्रमा उदाएका साहित्यकार पाण्डेयका छ वटा साहित्य कृति सार्वजनिक भएका छन । उनको पछिल्लो कृति एकलव्यको देशमा कविता संग्रह निकै चर्चामा छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा साहित्यकार पाण्डेयका फुटकर रचनाहरु नियमित रुपमा प्रकाशित हुने गरेका छन ।

नेपाल भारत साहित्य गोष्ठी पिथौरागढमा वाग्देवी अन्तराष्ट्रिय काव्य सम्मानबाट सम्मानित साहित्यकार पाण्डेयलाई २०८० चैत ३० गते डडेल्धुरामा आयोजित डेउडा संस्कृति संरक्षण प्रतिष्ठानले डोटेली संस्कृतिका संस्कृतिविदका रूपमा सम्मान गरेको थियो । साहित्यकार पाण्डेयलाई हालसम्म दर्जनौं पटक सम्मान गरिएको छ

You might also like
Leave A Reply

Your email address will not be published.