धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वतर्मान सरकारले संविधान माथि घात गर्ने आशंका पैदा भएको बताएका छन् । बिहिबार धनगढीमा सञ्चारकर्मी सँग कुरा गर्दै उनले सो कुरा बताएका हुन ।
उनले भने ‘कांग्रेस र एमाले गठबन्धन सरकार पछाडि जानुहुन्छ कि भन्ने लागेको छ । नेपालमा महिला, दलित जनजाति, आदिबासी, मुस्लिम सबै–सबैको अधिकार सुनिश्चित गर्न संविधानमा समावेशी, समानुपातिक भनेर हामीले धेरै ठूलो संघर्ष र मेहनत गरेर राखेका हौँ । उहाँहरुलाई यो कुरा मन परेको छैन् ।’
उनले माओवादी नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गर्दै जाँदा डरले कांग्रेस र एमालले गठबन्धन गरेको दाबी गरे ।