डडेल्धुरा – साईकल दुर्घटनामा घाइते भएकी अमरगढी नगरपालिका ५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूको उपचारमा सहयोग पुगोस भनि अमरगढी नगरपालिका वडा नं.५ ले रु १० हजार सहयोग गर्ने भएको छ ।
स्थानिय महेन्द्र माध्यामिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत बन्दना साउन ३१ गते अमरगढी नगरपालिका वडा नं. ५ तुफानडाँडा नजिक साइकल दुर्घटनामा परेकी थिइन्।
दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको धनगढी, कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

उनका आफन्त राजेन्द्र मगरका अनुसार घाईते बन्दनालाई केहि दिन भेन्ट्रिलेटर मा राखिएको र विभिन्न सल्यक्रिया पश्चात आई.सि.यु.मा राखिएको थियो हिजो बाट साधारण वार्डमा सारिएको छ । उपचारका क्रममा हिजो सम्म करिव ७ लाख रुपैयाको विल उठिसकेको घाइते बन्दनाका बुबा युवराज लिम्बूले बताए ।
दैनिक ज्यालादारी गरेर घर धन्दा चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ। घाइते बन्दना लाई यस अघि उनि अध्ययनरत महेन्द्र माध्यामीक विद्यालय खलंगा, क्याम्ब्रीज पव्लिक स्कुल, जेसिस डडेल्धुरा वर्ष २०२४ लगायत विभिन्न व्यक्तिहरु बाट सहयोग गरिएको छ ।
आफ्नो वडाको बासिन्दा भएको र यसरी दुर्घटना परि घाइते भएकी नानीको उपचारमा आर्थिक समस्या देखिएकोले वडा कार्यालयको तर्फ बाट रु १० हजार सहयोग गर्ने निर्णय गरिएको अमरगढी नगपालिका वडा नं.५ का अध्यक्ष टंक बहादुर क्षेत्रीले बताउनु भयो ।
नोटः घाईते नानी बन्दना लिम्बु लाई सहयोग गर्न चाहनु हुन्छ भने कृपया घाईते बन्दनाको आमा को नाममा रहेको बैँक खाताको यो क्यू.आर. कोड प्रयोग गर्न सक्नुहुन्छ ।

