डडेल्धुरामा मनाइयो डोल जात्रा

डडेल्धुरा-डडेल्धुरा सदरमुकाममा मंगलबार डोल जात्रा निकालिएको छ । कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई निरन्तता गर्दै यस वर्ष पनि डडेल्धुराका स्थानीय बासिन्दाले निरन्तरता दिएका हुन् । कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ ।

विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नगर परिक्रममा गरिएको छ । कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ ।

डडेल्धुरामा यो समयमा रोपाई जात्रा , बाघ जात्रा, लाखे जात्रा, भालु जात्रा लगायतका विभिन्न जात्रा हरु मनाउै आएको भए पनि पछिल्ला केही वर्ष देखी विभिन्न जात्राहरु मनाउन छाडिएका छन् ।

You might also like