डडेल्धुराः भीमदत्त राजमार्गको मध्यविन्दुमा पर्ने बुडर बजारमा विद्युतीय सवारी साधनहरूलाई मध्यनजर राख्दै सुविधा सम्पन्न चार्जिङ स्टेशनसहितको सेवा विस्तार भएको छ।
होटल डुप्का एण्ड चार्जिङ सेन्टर जोरायल गाउँपालिका–२ बुडर डोटीले बढ्दो विद्युतीय सवारी साधनको चापलाई मध्यनजर गर्दै सुविधा समपन्न चार्जिङ स्टेशनको सेवा विस्तार गरेको हो।
होटल डुप्का एण्ड चार्जिङ सेन्टरले यसअघि जिबिटी प्रविधिको चार्जरबाट एकपटकमा दुईवटा सवारी साधनले चार्ज गर्न सक्ने गरी सेवाको सुरुवात गरेको थियो। पछिल्लो समय सुदूरपश्चिमको पहाडि जिल्लामा विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेपछि थप दुईवटा चार्जरसहित सेवा विस्तार गरेको हो।
जिविटी प्रविधिसहित सिसिएसटु प्रविधिको चार्जिङ सुविधा थप गरेसँगै अब एकैपटकमा चारवटा गाडी चार्ज गर्न सक्ने गरी सेवा विस्तार गरेको होटल डुप्का एण्ड चार्जिङ सेन्टरका सञ्चालक एवं विजुली वस सेवा प्रालिका अध्यक्ष विजयप्रसाद भट्टले बताए।
उनकाअनुसार हालसम्म यो रुटमा चल्ने सार्वजनिक यातायातका साधनले मात्र चार्जिङ सुविधा पाइरहेकोमा सिसिएसटु प्रविधिको चार्जिङ सुविधा थप गरेसँगै अबदेखि निजी कारहरूले पनि चार्जिङ सेवा पाउनेछन्।
विद्युतीय सवारी साधनका चार्जिङ सुविधासहित होटल डुप्का एण्ड चार्जिङ सेन्टरले विगत लामो समयदेखि सुविधायुक्त रेस्टुरेन्टबाट स्थानीय परिकारहरू समेत उपलब्ध गराइरहेको छ।


