डडेल्धुरामा फरार पाँच जुवाडे पक्राउ

डडेल्धुरा- जुवा मुद्दामा फरार रहेका पाँच जनालाई डडेलधुरा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मरौडाका ६५ वर्षीय गणेश चुनारा, ३७ वर्षीय उद्धव सार्की, अमरगढी–१ कै २८ वर्षीय दिपक कामी रहेका छन् । यस्तै अमरगढी नगरपालिका–२ का वीरेन्द्रबहादुर खडायत र भागेश्वर गाउँपालिका–५ का रुपाली बस्ने ३९ वर्षीय खगेन्द्र नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पाँचै जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जुवा मुद्दामा पाँच हजार जरीवाना ठहर गरेपछि फरार रहेका थिए । उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.