डडेल्धुरा – डडेल्धुराका ७ वटा स्थानीय तहमा रहेको जम्मा ६३ वटा माध्यमिक तहको विद्यालयहरुमध्ये एउटा मात्र माध्यमिक विद्यालयको बागडोर महिला हेडमास्टरले सम्हालिरहेकी छन् ।
जिल्लास्थित गन्यापधुरा गाउँपालिका-१ सरस्वती माध्यामिक विद्यालय भातकाँडाको प्रधानाध्यापकको जिम्वेवारी ईश्वरी भट्टले सम्हालीरहेका हुन् ।
डडेल्धुरा जिल्लामा नीजि तथा सामुदायिक गरी जम्मा २७५ वटा विद्यालय रहेका छन् जसमध्ये सामुदायिक विद्यालयतर्फ प्रावि तहमा १२८ विद्यालय रहेका छन् भने आधारभूत तहमा ५६ वटा विद्यालय रहेका छन जहाँ माध्यमिक तहमा ६३ वटा विद्यालय रहेका छन् ।
अंग्रेजीमा स्नातकोत्तर इश्वरी २०७६ मा निमावि तहमा नाम निकालेपछि डडेल्धुराकै आलिताल गाउपालिका-१ को हर्ताेलामा निमावि शिक्षकको रुपमा शिक्षण पेशामा आवद्ध भएका हुन् । हुन त त्यो भन्दा पहिले लामो समय अछामको विद्या मन्दिर नमुना माध्यामिक विद्यालयमा प्लस टु मा अंग्रेजी शिक्षकको रुपमा काम गरेको अनुभव नभएको भने होइन तर पनि २०७९ मा अंग्रेजी विषयको माध्यमिक तहमा नाम निकाले पछि स्थायी शिक्ष्कको रुपमा माध्यामिक तहको अध्यापनको बाटो खुलेको हो ।
माध्यमिक तहमा नियुक्ति लिएर बाजुरा जिल्ला पुगेका ईश्वरी भट्ट गत वर्ष बडिमालिका माध्यमिक विद्यालय बाजुराबाट सरुवा भई डडेल्धुराको भात्काडामा रहेको सरस्वती माध्यामिक विद्यालयमा आए पछि प्रधानाध्यापकको जिम्वेवारी सम्हालीरहेका छन् ।
विगत १ वर्ष देखि प्रधानाध्यापकको जिम्वेवारी सम्हालिरहेका भट्ट जिल्लाको माध्यामिक तहमा आफु मात्र एक्लो महिला प्रधानाध्यापक भएको बारेमा आफु अनभिज्ञ रहेको बताउँछन् ।
जम्मा १६ जना शिक्षक तथा २५० जना विद्यार्थि भएको सरस्वती माध्यमिक विद्यालय गन्यापधुरा १ भातकाँडामा वाल विकास केन्द्र देखि कक्षा १२ सम्मको पढाई हुन्छ ।
विद्यालयमा सहकर्मी साथीहरुको सहयोगमा विद्यालयलाई निरन्तर सञ्चालन गरिरहेको र आगामी दिनमा उत्कृष्ठ नतिजा संगै विद्यालयको सर्वागिण विकासको लागी लागी रहेको प्रधानाध्यापक इश्वरी भट्टले बताउनुभयो ।
पछिल्लो समय शिक्षक सेवा आयोगबाट लिईने शिक्षकहरुको परिक्षामा समेत महिलाहरुको उत्कृष्ठ सहभागीता र नतिजा आउन थालेको छ । आधारभुत तह र प्राथमिकतहमा पनि थुपै्र विद्यालयहरुमा महिला प्रधानाध्यापकहरु रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारद प्रसाद जोशीले बताउनुभयो ।
कर्तव्यपालनको क्रममा सबै शिक्षकहरु समान जस्तै भए पनि तुलनात्मक रुपमा महिला शिक्षकहरु पुरुष शिक्षकहरुभन्दा अलि बढी कर्तव्यनिष्ठ, जवाफदेही र कर्ममा विश्वास गर्ने खालको आफुले पाएको इकाई प्रमुख जोशीले बताउनुभयो ।
विद्यालयमा आवश्यक भौतिक पूर्वाधारका साथै शैक्षिक पूर्वाधारका लागी आफूहरु लागीरहेको बताउदै भर्खर मात्र विद्यार्थिहरुको सहजताको लागी स्कुल बस भित्राईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्टले बताउनुभयो ।
इश्वरी म्याडमले नेतृत्व गरेपश्चात सुरुवाती नतिजा सुधारोन्मुख देखिएको र आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनेमा आफुहरु ढुक्क रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय प्रसाद भट्टले बताउनुभयो ।
इश्वरी म्याडमले नेतृत्व गरे पश्चात सुरुवाती नतिजा सुधारोन्मुख देखिएको र म्याडम ले सधै स्टाफहरुलाई मोटिभेट गरिराख्नुभकोले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुनेमा आफुहरु ढुक्क रहेको विद्यालयका शिक्षिका अन्जु भट्टले बताउनुभयो
पछिल्लो समय महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थालेका छन् , शिक्षक सेवा आयोग, लोक सेवा आयोग तथा सुरक्षा निकायहरुमा समेत महिलाहरु प्रतिस्पर्धा गर्दै आफ्नो स्थान सुरक्षित गर्न थालेका छन् । महिलाहरु कोटामा मात्र होईन खुला प्रतिस्पर्धा बाट आफुलाई अव्वल देखाईरहेको समयमा डडेल्धुरामा मावि हाकिरहेका एक्ली हेडमास्टर ईश्वरी भट्ट अरुका लागी उत्पेरणाका पात्र हुन् ।