भलिवल खेलाडी कविता भट्ट लाई समाजसेवी विनय प्रकाशको सम्मान

डडेल्धुरा-नेपाली महिला भलिवल टिमका सदस्य कविता भट्ट लाई युवा समाजसेवी विनय प्रकाश मल्लको तर्फबाट सम्मान स्वरुप व्यक्तिगत रुपमा रु ५० हजार प्रदान गरिने भएको छ ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं.१ स्थायी ठेगाना भएका भलिवल खेलाडी कविता भट्टले भलिवलको माध्यम बाट डडेल्धुराको नाम चिनाउन सफल भएको भन्दै डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.४ खलंगा स्थाई ठेगाना भई हाल व्यवसायको सिलसिलामा जापान बस्दै आएका युवा समाजसेवी विनय प्रकाश मल्लले सम्मानको घोषणा गरेका हुन ।

विभिन्न जिल्लाका व्यक्तित्वहरुले आफनो खेलाडीको मनोवल बढाउन विभिन्न तरिका बाट प्रयत्न गरिरहेको सन्दर्भमा आफुले पनि डडेल्धुराको छोरी लाई सम्मान स्वरुप ५० हजार दिने घोषणा गरेको युवा समाजसेवी विनय प्रकाश मल्लले बताए ।
भलिवल खेलडाी कविता लाई सम्मान स्वरुपको रकम केही दिनमा काठमाण्डौ मै हस्तान्तरण गरिने विनय प्रकाश मल्लले झिल्को न्यूज डट कम लाई जापान बाट बताए ।

व्यवसायको सिलसिलामा जापानमा रहेका समाजसेवी विनय प्रकाश मल्ल विगत लामो समय देखी नियमित रुपमा नेपालका बालवालिका तथा दिनदुखीहरु लाई सहयोग गरिरहेका छन् ।

भलिवल खेलाडी कविता भट्टले नेपालको प्रतिनिधित्व गर्दै १९ औँ एसियन गेममा सहभागी भईसकेका खेलाडी हुन भने भर्खर सम्पन्न भएको काभा वुमेन्स कपमा नेपालको तर्फ बाट खेलेकी थिइन ।

You might also like
Leave A Reply

Your email address will not be published.