कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हिरा शाहलाई आक्रमण गरेर ज्यान लिने हिंस्रक बाघ नियन्त्रणमा आएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोलीले शुक्रबार बिहान बाघलाई नियन्त्रणमा लिएको हो ।
घटनास्थल नजिकै उखुबारीमा बाघले कहिले यता, कहिल्यै उता मुभमेन्ट गरिरहेकोेले नियन्त्रणमा लिन गाह्रो भइरहेको थियो ।
हिजो (बिहीबार) अबेर राति भइसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा स्थानीय त्रसित बनेका थिए ।
उखुबारीमा देखिएको बाघ नियन्त्रणमा लिन बिहीबार दिउँसो ४ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोष्टबाट ४ हात्ती परिचालन गरिएका थिए ।
डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएको राष्ट्रिय निकुञ्जको टोलीले जनाएको छ ।
बाघ लुकेको उखुबारी झण्डै १० बिगाह क्षेत्रफलमा फैलिएको छ । उखुबारीलाई सुरक्षाकर्मीले सेतो कपडाले घेरेका थिए ।