डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सामुदायमा आधारित विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
एफसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत विकास समाज डडेल्धुरा द्वारा डडेल्धुरामा सञ्चालन भईरहेको ‘सिम’ परियोजना अन्तर्गत उक्त तालिम कार्यक्रम सम्पन्न भएको हो ।
गन्यापधुरा गाउँपालिकासँगको साझेदारीमा सम्पन्न भएको उक्त तालिममा विपद् व्यवस्थापनको आधारभूत विषयमा जानकारी दिइएको थियो । भने, समुदाय स्तरमा विपद् व्यवस्थापनको महत्वको बारेमा जनकारी दिइएको थियो ।
तालिम कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृतसहित विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, वडा स्तरका स्वयमसेवकहरु तथा स्थानीय प्रहरी चौकीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको अन्तिम दिनमा सशस्त्र प्रहरीको डडेल्धुरा स्थित ५२ नम्बर गुल्मको तर्फबाट विपद व्यवस्थापनका विषयमा छलफल गर्दै आगलागी नियन्त्रण सम्बन्धी प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको थियो ।
तालिम कार्यक्रममा गन्यापधुरा गाउँपालिकाले भर्खर मात्र तयार गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० मा उल्लेख भएको विविध विषयमा छलफल गरिएको थियो ।