सुदुर पहाडमा खुल्यो पहिलो ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’

डडेल्धुरा-सुदूर पहाडमा पहिलोपटक डडेल्धुरा‘को सदरमुकाम अमरगढीमा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को शाखा खुलेको छ । नेपालमा एक सय ५५औं शाखाका रुपमा बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन जिल्ला सदरमुकामको तुफानडाँडामा खुलेको हो ।

आज बुधबार एक कार्यक्रमका बीच बर्गर हाउसको शाखा उद्घाटन गरिएको संचालक ई.सुरेन्द्र अवस्थीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर, अत्तरिया लगायतका क्षेत्रमा बर्गर हाउसको शाखा यसअघि नै खुलिसकेकोमा सुदूरपश्चिमको पहाडी जिल्लामा भने पहिलोपटक खोलिएको हो ।

डडेल्धुरा शाखा संचालनका लागि झन्डै ४५ लाख लगानी गरिएको अवस्थीले बताए । विशेष परिकार बर्गर रहे पनि क्रन्ची फाई चिकेन, पिजा, सेकुवा, मःम, चाउमिन, ससेस लगायतका परिकार पनि पाइने संञ्चालक अवस्थीले जानकारी दिए ।

बर्गर हाउसको स्थापना संगै १० जनाको लागी प्रत्यक्ष रुपमा रोजगारी श्रृजना भएको छ भने अप्रत्यक्ष रुपमा थप रोजगारीको श्रृजना भएको छ । बर्गर हाउसको स्थापना भए संगै डडेल्धुरा जिल्लाका स्थानिय तथा विभिन्न कामको सिलसिलामा डडेल्धुरा पुग्नेहरुको लागी नयाँ स्वाद दिने प्रयास गर्ने संञ्चालक ई.सुरेन्द्र अवस्थीले बताए ।

You might also like