डडेल्धुरा-डडेल्धुरामा आज एउटा चितुवा मृत अवस्थामा भेटिएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका गाउँपलिका–१ छब्बिसमोड नजिक जानकी सामुदायिक वनमा आज (मंगलबार) बिहान चितुवा मरेको अवस्थाम भेटिएको हो।
मृत भेटिएको भाले चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको कार्यालय परिसरमा ल्याई खाडलमा पुरिएको निमित्त कार्यालय प्रमुख सुरेश चन्द्र डिसीले जानकारी दिए।
उनले जनप्रतिनिध, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए।
उनका अनुसार उक्त चितुवाको तौल ३३ केजी, ५ फिट ५ इन्ज लम्बई र २ फिट ३ इन्च उचाई रहेको छ।
