आलिताल २ मा अवरुद्ध सडक खोल्न हातेमालो

डडेल्धुरा-डडेल्धुराको भित्रि मधेश क्षेत्रमा पर्ने आलिताल गाउँपालिकाका जनप्रतिनिधि तथा सर्वसाधारण हरु अवरुद्ध सडक खुलाउनका लागी हातेमालो गरिरहेका छन् । केही दिन पहिले आएको अविरल वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउनका लागी आलिताल गाउँपालिका वडा नं. २ ले सार्वजनिक अपिल गरेको थियो ।

अविरल बर्षा को कारण गैरा गाखेत सडक पुर्ण रूपमा अबरुद्ध भै सामान्य हिडडुल गर्न असहज भैराखेको अबस्थामा वार्ड न २ का जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका नेता, युवा समाजसेबी को उपस्थिति मा हिडडुल गर्न मिल्ने गरी सफाई गरिएको वडा नं.२ का वडा अध्यक्ष प्रमोद बहादुर मल्लले बताउनु भयो ।

गाउँपालिकाको मुख्य सडकहरु खोल्ने क्रममा आगामी केही दिनमा नै गाउँपालिकाको मेसिन ल्याएर पुर्ण रूपमा गैरा गाखेत सडक सुचारु गरिने वडा अध्यक्ष मल्लले बताउनु भयो ।

You might also like