दुना-टपरी तालिम सम्पन्न

डडेल्धुरा-डडेल्धुराको सदरमुकाम अमरगढीमा दुनाटपरी सम्बन्धि ७ दिने शिपमुलक तालिम औपचारिक रुपमा सम्पन्न भएको छ ।
एफ.सि.ए. नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा स्थानिय गैरसरकारी संस्था एकिकृत विकास समाज, डडेल्धुराले संञ्चालन गरिरहेको सिम परियोजना अन्तर्गत उक्त तालिम सम्पन्न गरिएको हो ।

अमरगढी नगरपालिका संग साझेदारी गरि संञ्चालन गरिएको उक्त तालिममा अमरगढी नगरपालिकाको तर्फ बाट दुना टपरी बनाउन मेसिन उपलब्ध गराइएको थियो भने तालिमका अन्य व्यवस्थापन एकिकृत विकास समाजले गरेको थियो ।

अमरगढी नगरपालिकाका जम्मा १० जना महिलाहरु उक्त तालिममा सहभागी भएका थिए । पछिल्लो समय प्लास्टिक जन्य भाडाहरुका कारण प्रदुषण बढीरहेको कारण पातको प्रयोग गरि दुना टपरी बनाउने तालिम दिइएको संस्थाका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताउनुभयो ।

आज सम्पन्न भएको समापन कार्यक्रममा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लिराज जोशी, एकिकृत विकास समाज डडेल्धुराका कार्यकारी निर्देशक पद्मा गुरुंग, अमरगढी नगरापालिकाका सुचना अधिकारी, महिला तथा वालवालिका शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

You might also like