सोमबार देखि वर्षा कम हुने

डडेल्धुरा–सोमबारदेखि देशभर वर्षाको मात्रामा केही कमी आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आईतबार मनसुन विशेष मौसम बुलेटिन जारी गरेर नेपालमा मनसुनको सक्रियतामा कमी आइ सोमबारदेखि नेपालमा वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको
जानकारी दिएको हो ।
न्यून चापिय रेखा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने छ । सोमबारदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांशस्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

You might also like
Leave A Reply

Your email address will not be published.