डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। माथिबाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो ।

इलाका प्रहरी कार्यालय, जोगबुढा डडेल्धुराको प्रहरी टोली घटना स्थलमा पुगेको थियो। प्रहरीले आवश्यक अनुसन्धान गर्दै छ।

You might also like