पश्चिम नेपालमा तीन दिन भारी वर्षा

जल तथा मौषम विज्ञान विभागले आगामी आइतबारसम्म पश्चिम नेपालका जिल्लामा धेरै वर्षा हुने अनुमान गरेकोछ । यसअघि पूर्वी र मध्यनेपालमा धेरै वर्षा भइरहेकामा आजदेखि आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना रहको जनाएको छ ।

जल तथा मौषम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ३० जिल्लामा जोखिमयुक्त क्षेत्रका रूपमा रेडअलर्ट जारी गरेको छ ।

‘यस अघि मध्य र पूर्व केन्द्रित धेरै पानी परिरहेको थियो । अब पश्चिम पहाड केन्द्रित पानी पर्ने देखिन्छ । कम वर्षा भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अबको वर्षाले खेतीपातीमा मद्दत पुग्ने भए पनि पहिरोको जोखिम पनि बढाएको छ ।

शुक्रबारदेखि आइतबारसम्म पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण वर्षाको आकलन गरिएको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ ।

आइतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको महाशाखाले जनाएको छ ।

You might also like