बुडर-जोगबुडा सडकखण्ड पहिरोले अबरुद्ध

डडेल्धुरा–डडेल्धुराको आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो जाँदा बुडर–जोगबुडा सडक खण्डमा यातायात सेवा अबरुद्ध भएको छ ।
लगातारको बर्षाले बुडर–जोगबुडा सडकखण्ड अन्तरगत सुनखोलामा पहिरो जाँदा सडक अबरुद्ध भएको आलिताल गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर देउवाले जानकारी दिए । पहिरोले सडक अबरुद्ध हुँदा यतायात र यात्रु बिचबाटोमै अलपत्र भएका छन । निरन्तरको बर्षाले मंगलबार रातीबाट अबरुद्ध भएको सडक खुलाउन आलिताल गाउँपालिकाले बुधबार बिहानै देखि डोजर लगाएको र पहिरो पन्छ्याएर सडक आवतजावत सुचारु गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिँह पार्कीले बताए ।
बर्षेनी सुनखोला नजिकै पहिरो जाँदा बर्षायाममा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउछन । सुनखोलामा पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण कार्य भइरहेको पुर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.