भागेश्वर माबि कटालले मनायो २१ औं राष्ट्रिय धान दिवस

पदम जोरा
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ४ कटाल स्थित भागेश्वर माद्यमिक विद्यालयले २१ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ विद्यालयले धान दिवस मनाइएको हो । विद्यालयको प्राबिधिक धारतर्फका शिक्षक विद्यार्थीहरुको सहभागितामा दिवस मनाइएको विद्यालयका प्रधानाध्यापक जनक राज अवस्थीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यष शेर सिह माल डायमण्डको अध्यक्षतामा परशुराम नगरपालिकाका शिक्षा अधिकृत लक्ष्मी बिष्टको प्रमुख आतिथ्यतामा धान दिवस मनाइएको हो ।

२१ औँ धान दिवस विदालय नजिकैको भाडामा लिएको जमिनमा रोपाई गरि मनाइएको विद्यालयका सहायक प्रधानाध्यापक दुर्गादत्त पन्तले वताए ।
२१ औं धान दिवस तथा रोपाई महोत्सव २०८१ अवसमार दहि,चिउरा,फलफुल खाई रमाईलो संगै हिलो छ्याप छ्याप्ती गरि मनाइएको हो ।

You might also like
Leave A Reply

Your email address will not be published.