डडेल्धुराका निर्माण व्यवसायी भट्टको उपचारको क्रममा मृत्यू

डडेल्धुरा -आज विहान घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्वरदेव भट्टको मृत्यु भएको छ । भट्टको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार बिहान डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा घाइते फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए ।

घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिबार दिउसो उनको धनगढीमा मृत्यु भएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए ।

निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको उनी निकट साथीहरूलाई बताउँदै आएका थिए ।

भट्ट शुक्रबार साँझबाट परिवारका सदस्यसंग सम्पर्कमा थिएनन् । रातिसम्म घर नफर्किएपछि उनका आफन्तले खोजी गरेको तर भेटिएका थिएनन् ।

You might also like
Leave A Reply

Your email address will not be published.