डडेल्धुरामा मनायो नेपाल विद्यार्थि संघले धान दिवश

डडेल्धुरा-मानो छरेर मुरी फलाउने पर्वको रुपमा मनाइने धान दिवश देशभर मनाइरहदा डडेल्धुराको पनि विभिन्न स्थानमा २१औं राष्ट्रिय धान दिवस मनाइएको छ । “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.३ को गुजरलेकमा नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि धान दिवस मनाएको छ । राष्ट्रिय पर्वको रुपमा मनाइने धान दिवस विद्यार्थि तथा स्थानिय संग मनाइएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले जानकारी दिए ।

उनका अनुसार धान दिवसको अवसरमा रोपाई महोत्सवको पनि आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पदाधिकारीसंगै सदस्य, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।

You might also like