डडेल्धुरा-“जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नारा सहित डडेल्धुराको विभिन्न स्थानमा २१ औ राष्ट्रिय धान दिवस मनाइएको छ ।
यसै गरी डडेल्धुरा स्थित अमरगढी नगरपालिकाको कृषि विकास शाखाले पनि अमरगढी नगरपालिकाको वडा नं.३ स्थित गुजल्लेकमा यस वर्षको राष्ट्रिय धान दिवस मनाएको हो । अमरगढी नगरपालिकाका नगर उप-प्रमुख पार्वती देवी झुकाल लगायत अमरगढी नगरपालिकाका कार्यपालिका सदश्य, प्रमुख प्रकाशसकीय अधिकृत लगायतका कर्मचारी तथा विभिन्न सरकारी तथा गैर सरकारी सघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, संञ्चारकर्मी, विद्यार्थिका साथै सर्वसाधारणको सहभागीता रहेको थियो ।
कार्यक्रममा अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश बहादुर भण्डारी ले धान खेतीको इतिहासका साथै नेपालमा धान खेतीको अवस्था र विश्वमा धानखेतीको अवस्थाको बारेमा जानकारी दिदै कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
कार्यक्रमका सहभागीहरुले गित गाउदै एक अर्का लाई हिलो छयाप्दै माना रोपी मुरी फलाउने रुपमा मानिने पर्वको रुपमा चिनिने राष्ट्रिय धान दिवस मनाएका थिए । यो वर्ष मनसुन सुरु भए संगै जिल्लाका अधिकांस स्थानहरुमा रोपाई सुरु भए पनि मनसुन पूर्ण रुपले नभित्रिदा सबै स्थानमा रोपाई सम्पन्न भने हुन सकेको छैन ।