वर्षाको कारण आलिताल २ को धानखेती मा क्षती

 

डडेल्धुुरा-गत १२ र १३ गते भएको वर्षाको कारण आलिताल गाउँपालिका वडा नं.२ को विभिन्न बस्तिको धानखेतीमा क्षती पुगाएको छ ।
लामो समय पछि भित्रिएको मनसुनी वर्षाले आलिताल गाउँपालिका वडा नं.२ लडुवा क्षेत्रको सेला, वडाखेत, तेलीगाउँ र मटेला का विभिन्न ठाँउहरुमा करिव १५ देखी २० परिवारको २५ देखी ३० रोपनीमा लगाइएको धानवाली पूर्ण रुपमा क्षति भएको आलिताल गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रमोद बहादुर मल्लले बताउनु भयो ।

आलिताल गाउँपालिकाको खाद्यान्न उत्पादन हुने क्षेत्रको रुपमा चिनिएको ति वस्तिहरुमा भएको क्षतिको यथासक्य अनुगमन गरि राहत तथा पुनःस्थापनाको लागी सम्बििन्धत सबैले पहल गर्नु पर्ने र यस्ता प्राकृतिक प्रकोपको सम्भावना आलिताल गाउँपालिका र अझै विशेष गरी वडा नं. २ मा भएकोले सम्बन्धित सबैले समयमै ध्यान दिनु पर्ने वडा अध्यक्ष मल्लले बताउनु भयो ।

You might also like