डडेल्धुराका सबै किसानसम्म कृषि विमाको पहुच पुरयाउन ध्यानाकर्षण

डडेल्धुरा–व्यवसायीक रुपमा कृषि उत्पादनका लागि अग्रणी मानिने डडेल्धुरा जिल्लामा सबै किसानसम्म कृषि विमाको पहुँच पु-याउनका लागि आ–आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्न जिल्लास्थित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको छ ।
कृषकहरुले प्रयाप्त जानकारी नपाएकाले कृषि बीमाबारे जनचेतना फैलाउन आवश्यक रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराले बुधबार आयोजना गरेको बीमा कम्पनीहरूसँग सरोकारवाला निकायको समन्वय बैठकमा सहभागीहरुले कृषि विमा कार्यक्रम किसानहरुको हितमा भए पनि अधिकांस कृषकहरु विमाको पहुँचमा पुग्न नसकेको अबस्थाप्रति चिन्ता ब्यक्त गरे ।

डडेल्धुरामा हालसम्म ८८ जना किसानले मात्रै कृषि बीमा गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरूले जानकारी दिए । किसानहरूमा कृषि विमाबारे जनचेतनाको अभाव रहेको बताउँदै उनले कृषि बीमाका फाईदाहरुका बारेमा सबै स्थानीय तहसम्म जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेर किसानलाई जानकारी गराइएको बताए ।

बीमा कम्पनीहरूले कृषि बीमा गर्ने अभिकर्ता संख्या वृद्धि गर्नुपर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुराका अगुवा किसान दत्तराज अवस्थी कृषि बीमा निकै झन्झटिलो भएको बताउछन । उनले कृषि बीमावाफतको रकम ल्याउन निकै दौडधुप गरे पनि समयमै भुक्तानी हुन नसकेको गुनासो गरे । बीमा दाबी भुक्तानी सहजतापूर्वक पाउनुपर्ने उनको माग छ ।


पशु बीमा सजिलो भए पनि तरकारी बालीलगायतको बीमा झन्झटिलो भएको किसानहरुको अनुभव छ । किसानहरुले बीमा गरेपछि क्षतिपूर्ति तत्कालै पाइने आशा गरे पनि कृषि विमाको प्रक्रिया बारेमा जानकारी छैन । कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले कृषि बीमाका बारेमा सञ्चारमाध्यमले प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । कृषकहरूलाई कृषि बीमाबारे जागरूक गराउन बस्तीसम्म पुगेर बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनले सुझाए ।

You might also like
Leave A Reply

Your email address will not be published.