महमा आत्मनिर्भर बन्दै डडेल्धुरा

बाबुराम श्रेष्ठ
भौगोलिक रुपमा सुदूरपश्चिमको करिव करिव मध्यविन्दुमा पर्ने डडेल्धुरा जिल्ला सुदूरपश्चिममा तरकारी उत्पादनको हिसावले किनै सम्भावना बोकेको जिल्ला मानिन्छ । त्यसैले त पछिल्लो समय यहाँ उत्पादन भएको ताजा तरकारी हरु सुदूरपश्चिम मात्र नभएर नेपालगंज तथा बुटवल सम्म पुग्न थालेको छ ।

पछिल्लो समय डडेल्धुरा तरकारीको लागी मात्र नभएर यहाँ उत्पादन हुने गुणस्तरयुक्त महको कारण पनि चर्चामा आउन थालेको छ । आज भन्दा करिव तिन वर्ष पहिले प्रकाशन भएको एक तथ्यांकले डडेल्धुरामा करिव २० हजार घारमा मौरी पालन भइरहेको देखाएको थियो ।

डडेल्धुुराको सबै पालिकामा माहुरी पालन गर्ने गरिएको भए पनि जिल्लाको भित्रि मधेश क्षेत्रमा पार्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा व्यवसायीक रुपमा माहुरी पालन गर्ने किसानहरुको संख्या धेरै छ ।
कुनै प्राकृतिक विपत्ति आएन, कुनै रोगहरु आएन भने डडेल्धुरामा मात्र ४० देखी ४५ मेट्रिक टन उत्पादन गर्ने गर्दछ । यहाँ उत्पादन भएको मह सुदूरपश्चिममा मात्र नभएर काठमाण्डौ सम्म निर्यात हुने गर्दछ ।


यस क्षेत्रमा माहुरी पालन लाई अझ व्यवसायीक बनाउन विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोग निरन्तर भइरहेको सन्दर्भमा यस वर्ष पनि कृषि ज्ञान केन्द्रको तर्फ बाट स्थानिय नवचेतना बहुउद्देश्यीय सरकारी मार्फत आलिताल गाउपालिकामा सहयोग प्रदान गरिएको छ ।
आलिताल गाउँपालिकाको वडा नं.२ मा संञ्चालन भइरहेको “खाद्यान्न वाली बृहद तथा विशेष उत्पादन आयोजना” अन्तर्गत सहकारी संस्थाका २४ किसान लाई ५० प्रतिसत अनुदानमा १५० वटा आधुनिक मौरीघारहरु सहयोग गरेको छ ।
कृषि ज्ञान केन्द्रको तर्फ बाट मौरी पालक किसानहरु लाई मौरीपालन सम्बन्धी तालिम हरु पनि प्रदान गरेको छ जसले किसानहरु लाई माहुरी पालनको विविध विषयमा ज्ञान दिएको छ । परम्परागत घार भन्दा आधुनिक घारमा निकै फाइदा हुने स्थानिय किसान ले बताए ।


वर्षको दुई पटक अर्थात जेठ र कार्तिकको महिना मह काढ्ने गर्दछन । यस क्षेत्रमा उत्पादन भएको महले प्रति किलो न्यूनतम १ हजार देखी १३ सय सम्म मूल्य पाउने हुदा मह उत्पादन किसानहरु आर्थिक रुपमा निकै सहयोग पुग्ने बताउछन ।
किसानहरुका अनुसार माहुरी पाल्न निकै सजिलो रहेको बताउछन । गाई भैसी जस्तो दिदिनै घाँस काटेर ख्वाउनु नपर्ने हुदा र वर्षमा दुई पटक उत्पान दिने हुदा माहुरी पालनमा आकर्षित भएको बताउछन ।


यहाँ उत्पादन भएको महको गुणस्तरमापन, प्याकेजींग, लेवलिंग गरी बजारीकरणमा ध्यान दिने हो भने यस क्षेत्रको मह उत्पादक किसानहरुको आर्थिक रुपमा सशक्त हुने कुरा लाई नकार्न सकिन्न ।

You might also like
Leave A Reply

Your email address will not be published.