परशुराम नगरपालिकाले ल्यायो ६५ करोड ७१ लाख ६२ हजार ९ सय ९९ रुपैयाको वजेट

पदम जोरा
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ६५ करोड ७१ लाख ६२ हजार ९ सय ९९ रुपैया वरावरको वजेट ल्याएको छ ।
नगर–उप–प्रमुख विमला कुमारी बोहरा महताले १५ औं नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को वजेट बक्तव्य प्रस्तुत गर्नु भएको हो ।


नगरपालिकाले आन्तरिक आय २ करोड १० लाख प्रक्षेपण गरेको छ भने, संघ सरकारवाट वाडफाड भई प्राप्त हुने राजश्व १३ करोड ८७ लाख,९९ हजार ९ सय ९९ अनुमान गरेको छ ।

सदुरपश्चिम प्रदेश सरकारवाट राजश्व वाडफाडमा ४३ लाख ९२ हजार,नेपाल सरकार वाट प्राप्त वित्तिय समानिकरण अनुदान ११ करोड ३४ लाख,९२ हजार सदुरपश्चिम प्रदेस सरकार वाट प्राप्त बित्तिय समानिकरण १ करोड २ लाख ५२ हजार, संघ सरकारवाट सर्शत अनुदान ३२ करोड ७८ लाख ९६ हजार, प्रदेस सरकारवाट शर्सत अनुदान ५१ लाख, ६० हजार प्रदेस सम्पुरक २ करोड २२ लाख, ५३ हजार र प्रदेस विशेस अनुदान ८५ लाख श्रोत समावेस गरेको नगर–उप–प्रमुख बिमला कुमारी बोहरा महताले प्रस्तुत गरेको वजेटमा उल्लेख छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले व्यय तर्फ आर्थिक विकासमा ३ करोड ४२ लाख ५५ हजार ३ सय ७९ रुपैया विनियोजन गरेको छ ।
सामाजिक बिकास क्षेत्रमा ४१ करोड ७५ लाख, ४८ हजार,४ सय २० रुपैया र संस्थागत तथा प्रशासनिक क्षेत्रमा १० करोड ८९ लाख, ३० हजार २ सय ४० रुपैया विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम लाई परिपुर्तिहुने गरि ल्याइएको वजेटले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८१/०८२ मा परशुराम नगरपालिकाका सम्पुर्ण करार सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी,विद्यालय सहायकहरुको सेवा सुबिधा बृद्वि गरेको छ ।
जोगबुडा अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका विरामीहको समस्या लाई मध्यनजर गरि निःशुल्क एम्वुलेन्स सेवा लाई थप सुद्धृढ वनाउन वजेट विनियोजन गरिएको छ ।

नगरपालिका भित्रका सुत्केरी सुनौला १०० दिनका महिलाका लागि उपमेयर कोसेली कार्यक्रम लाई निरन्तरता दिन वजेट विनियोजन गरिएको छ । नगरपालिकाको पाश्यचित्र निर्माण, आवधिक योजना मध्यकालिन खर्च संरचना जस्ता आधारभुत दस्तावेज निर्माणका लागि समते वजेट विनियोजन गरिएको छ ।
नगरपालिका भित्रका जेष्ठनागरिकहरुको सम्मान, दृघ रोगी र स्वास्थ्य विमा कार्यक्रमकालाई थप प्रभावकारी वनाउन वजेट निनियोजन गरिएको छ ।
स्वच्छ नगर र सरसफाइयुक्त नगर वनाउने उद्देश्यका साथ नगर क्षेत्र भित्र सार्वजनिक सौचालयका लागि वजेट विनियोजन गरिएको छ ।

परशुराम पुस्तकालय, पुरशुराम सिकाई तथा ज्ञान केन्द्र स्थापना र व्यवस्थापनका लागि आवश्यक वजेट निनियोजन गरिएको छ ।
मेलमिलापका माध्यम वाट विवाद निरुपण, मानव अधिकार प्रर्वधन ,लैङगीक समानता, आधारभुत शहरी भौतिक पुर्वाधार, संस्कृति संरक्षण, स्थानिय भाषा,कला,संस्कृति संरक्षण, उद्यमशिलता, शुसासन, खेल र खेलकुदको विकासका लागि वजेट निनियोजन गरिएकोछ ।

नगर–उप प्रमुख बिमला कुमारी बोहरा महताले शनिवार नगरसभा समक्ष प्रस्तुत वजेट माथि आईतवार सभामा छलफल हुने जनाइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.