डडेल्धुरा-डडेल्धुरामा मा एक औपचारिक कार्यक्रमका विच “गैर परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना”को पालिका स्तरीय शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
एफसिए र वुमन बैँकको आर्थिक सहयोगमा डडेल्धुरा स्थित एकिकृत विकास समाज डडेल्धुराले संञ्चालन गरिरहेको गैर परम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजनाको शुभारम्भ कार्यक्रम आयोजना गरिएको हो ।

डडेल्धुराको अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा महिलाहरुको गैर परम्परागत उद्यमशिलता विकासको लागी संञ्चालन हुने परियोजना बाट प्रत्यक्ष रुपमा २४०० जना लाभान्वित हुनेछन भने ८० जना स्थानिय महिलाहरुलाई उद्यमीको रुपमा स्थापीत गर्ने योजना रहेको एकिकृत विकास समाजका कार्यकारी निर्देशक पद्मा गुरुंगले बताउनु भयो ।
एकिकृत विकास समाजका महासचिव राम धामीको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ कार्यक्रममा अजयमेरु गाउँपालिका र अजयमेरु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा एकिकृत विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक बाबुराम श्रेष्ठले परियोजनाको बारेमा प्रस्तुती गर्नु भएको थियो भने एफसिएका पुजा लामिछानेले परियोजना संगै एफसिएको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आफ्नो पालिकामा संञ्चालन हुन गइरहेको परियोजनामा आफ्नो सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापनको क्रममा एकिकृत विकास समाज डडेल्धुरा विगत दुई दसक देखी समतामुलक समाजको निर्माण भन्ने मुल नाराका साथ सुदूरपश्चिममा काम गरिरहेको सन्दर्भमा आगामी दिनमा पनि स्थानिय तह संग मिलेर काम गर्ने एकिकृत विकास समाजका महासचिव तथा कार्यक्रमका अध्यक्ष राम धामीले बताउनुभयो ।
परियोजना शुभारम्भ कार्यक्रम हिजो अजयमेरु गाउँपालिकाका पदाधिकारी संग भएको थियो भने आज शनिवार नवदुर्गा गाउँपालिकाका पदाधिकारी संग सम्पन्न भएको थियो ।
