पदम जोरा
जोगबुडा-परशुराम नगरपालिका,डडेल्धुरा ले १५ औं सभामा आर्थिक वर्ष २०८१÷०८२ को १ सय वुदे निति तथा कार्यक्रम नगर प्रमुख जोशीले सभा समक्ष प्रस्तुत गर्नु भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को १०० वुदे निति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य लाई मुख्य प्राथमिकतमा राखेको छ । प्राबिधिक र व्यवसायिक शिक्षा अध्ययन गर्ने छात्र÷छात्रा लाई शैक्षिक ऋण, छोरी बुहारी छात्रबृति, विद्यार्थी संग मेयर कार्यक्रम लाई निरन्तता दिईने भएको छ । नगरपालिकाका सम्पुर्ण सामुदायिक विद्यालयमा कार्यरत नगर स्वयमसेवक शिक्षकको पारश्रमिक, सेवा सुबिधामा वढोत्तरी गरिने भएको छ ।
नगरका सम्पुर्ण सामुदायमा आधारित विद्यालयको दरवन्दी, मिलान समायोजन, भैतिक पुर्वाधार, उत्कृष्ठ विद्यार्थी तथा विद्यालयलाई पुरुस्कृत समेत १ सय बुदे नितिमा समेटीएको छ ।
विद्यार्थी स्वास्थ्य प्रोफाईल लाई निरन्तरता दिने, विद्यालयहरुमा मनोसामाजिक परामर्ष, योग शिक्षा, संस्कार सहितको शिक्षा, छात्र-छात्राहरुका लागि आत्मरक्षा तालिम, शैक्षिक गुणस्तरको सुनिश्चितता, परक क्षमता भएका विद्यार्थीहरुका लागि पहुज बृद्वि गर्ने नितिमा सभमा प्रस्तुत गरिएको नगर प्रवक्ता खगेन्द्र बवहादुर सिहको भनाई छ ।
हरेक सुक्रवार सिकाईको वार, निती आगामी आर्थिक वर्षमा लागु हुने जानइएको छ । द्वन्दपीडित बालबालिकाको शिक्षामा सहज, समन्यायिक एवम् समावेशी पहुँच सुनिश्चितताका लागि भुवनेश्वरी नमुना माध्यमिक विद्यालय, परिगाउँ, भागेश्वर मा. वि.कटाल, शिवशंकर मा.वि.साँदनी, सिद्धनाथ मा. वि. जयपुर जोगबुडा, बैजनाथ मा.वि.सलेतामा आवासिय शिक्षाको व्यवस्था गरिने भएको छ ।
नगरभित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको सहभागिता रहने गरी “प्रधानाध्यापक क्लब” गठन गरिनेछ निति कार्यक्रममा उल्लेख छ ।
त्रिवेणी बहुमुखी क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदमा शिक्षण गर्ने व्यवस्था मिलाईने भएको छ ।
स्वास्थ्य तर्फः
गर्भवति, सुत्केरी, महिलाका लागि निशुल्क एम्वुलेन्स सेवा, सुनौला १००० दिनका महिलाका लागि उपमेयर कोसेली कार्यक्रमलाई निरन्तरता दिईने भएको छ ।
नगरपालिकालाई पूर्णरुपमा पोषणमैत्री नगरपालिकाको रुपमा विकास गर्न पोषण केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुखद्वारा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।
“स्वस्थ नागरिक समृद्ध समुदाय कार्यक्रम” अन्तर्गत जोगबुडा अस्पतालमा प्रत्येक महिना बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
“गाउँघर क्लिनिक कार्यक्रम” अन्तर्गत प्रत्येक महिना वडाका स्वास्थ्य ईकाइमा चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गरिने भएको छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटन विकास:
“हाम्रो संस्कृति हाम्रो सान, परशुरामधाम हाम्रो पहिचान” भन्ने सोचका साथ हिन्दूहरुको पवित्र ग्रन्थ स्कन्द पुराणमा वर्णित परशुरामधामको सौन्दर्यीकरणलाई नगर गौरबको योजनाको रुपमा अगाडी बढाइने भएको छ ।
परशुराम नगरपालिका वडा नम्बर २ को भागेश्वर धुरा, वडा नं. ०९ र १० को वीचमा रहेको त्रिशुलेखान सम्म जाने पदमार्ग निर्माण गरिन भएको छ ।
“परशुरामधामः मुलुक र विश्वमा पहिचान” को नारा लाई सार्थक पार्न अध्यात्म, योग, धार्मीक एवम् माइस पर्यटन र नगरको समृद्धिको वाहकको रुपमा उपयोग र विकास गरिने भएको छ ।
“परशुराम साहित्य महोत्सव कार्यक्रम” लाई निरन्तरता दिइने नितिमा समेटीएका छ ।
नगरपालिकाका भित्रका चाडपर्वहरु “रनपुतला नाच”, “छलीया बाजा र नाच”, “रोपाई बाजा तथा संस्कृति”, “मांगलिक गीत तथा फाग”, “विषु पर्व”, “साँस्कृतिक नाटक”, “गौरा पर्व”, आदिको संरक्षण, जगेर्ना र थप प्रचार–प्रसारका गरिने भएको छ ।
“वारीको परशुराम पारिको पूर्णागिरी” भावना अनुरुप धार्मिक पर्यटकीय सर्किटको निर्माण गरिने भएको छ ।
परशुरामधाम क्षेत्रलाई नगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्न कानूनी प्रवन्ध मिलाईने भएको छ ।
युवा तथा खेलकूदः
परशुरामको खेल क्षेत्रलाई गतिशिल बनाउन नगर गौरबको आयोजनाको रुपमा क्रिकेट स्टेडियम निर्माण गरिने भएको छ। खेलाडीहरुलाई प्रोत्साहन गरिने, परशुरामका युवा जनशक्तिलाई दक्ष, सिर्जनसिल तथा ब्यावसायिक बनाउन नगर गौरबको आयोजनाको रुपमा परशुराम सीप मेला सञ्चालन गरिने भएको छ ।
परशुराम नगरपालिका क्षेत्रभित्रका स्थानीय युवाहरुलाई उद्यमशिल बनाउन युवा उद्यमशिलता ऋण कार्यक्रम सञ्चालनमा गरिने भएको छ।
परशुराम नगरपालिका वडा नं। ४ पोखरी कटाल र पनपा ७ साँदनी खेलमैदान लाई थप स्तारोन्नती गरिने भएको छ।
नगरका युवाहरुको सिर्जनशीलता, उद्यमसीलता, नवीन सोच, सीप, ज्ञान तथा अनुभवको उपयोग गर्न राष्ट्रीय आविष्कार केन्द्र सँगको सहकार्यमा परशुराम रिसर्च एण्ड ईनोभेसन सेन्टर सञ्चालनमा ल्याइने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने परशुरामका खेलाडीलाई सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरक्षेत्रबाट सार्वजनिक प्रशासनमा युवाहरुको प्रवेशलाई उत्प्रेरित गर्न सहजीकरण एवम् मार्गदर्शनका लागि लोक सेवा प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा, केरियस काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने कार्यलाई थप व्यवस्थित बनाउँदै निरन्तरता दिइनेछ।
परशुराम नगरपालिकामा अन्तर पालिका स्तरीय खेलकूद प्रतियोगिता आयोजना गरिनेछ ।
परशुराम मेयर÷उपमेयर कप महिला,पुरुष भलिवल र कृकेट प्रतियोगिता लाई ब्यवस्थित रुपमा सञ्चालन गरी परशुराम नगरपालिकाको आधिकारिक टिम छनौट गरिनेछ ।
युवाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न मेयर विज्नेस कप कार्यक्रम सञ्चालन गरिनेछ ।
लैंगिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशिकरण
“ज्येष्ठ नागरिक अनुभवका खानी, बसालौं सम्मान गर्ने बानी” भन्ने नाराका साथ ज्येष्ठ नागरिकलाई सम्मान तथा तिर्थाटन कार्यक्रमलाई निरन्तरता दिइन भएको छ भने , जनआन्दोलन, द्वन्दकालीन सहिद परिवारलाई सम्मान गरिनेछ ।
आर्थिक रुपमा विपन्न, द्वन्दपीडित, सहिद परिवार तथा एकल महिलालाई आत्मनिर्भर बनाउन बजार केन्द्रित आय–आर्जनमूलक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
वडा तथा नगरस्तरीय बाल क्लब, बाल सचेतना समूह तथा बाल सरोकार मञ्च, नगरस्तरीय बाल सञ्जाल जस्ता संयन्त्रहरुलाई सक्रिय पारी बालबालिकाको सर्वाङ्गिण विकास र अधिकारको प्रत्याभूति दिलाइनेछ।
बालमैत्री विद्यालय, बालमैत्री वडा र बालमैत्री नगरपालिका घोषणा गर्ने नीतिलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइनेछ।साथै कानूनले पूर्ण रुपमा निषेध गरेको छुवाछुत एवं बालविवाह मुक्त नगर बनाउने अभियानलाई निरन्तरता दिइनेछ ।
नगरपालिकाभित्र निर्माण हुने सरकारी एवम् सार्वजनिक भौतिक संरचनाहरुलाई अपांगमैत्री बनाइनेछन्।
दलित, आदिवासी जनजाति, अल्पसंख्यक वर्ग समुदायलाई लक्षित गरी विभिन्न जनचेतनामूलक, परम्परागत र रोजगारमूलक कार्यक्रमहरु कार्यविधि बमोजिम सञ्चालन गरिनेछन्।
आदिवासी, जनजाती र अल्पसंख्यक समुदायहरुको भाषा, संस्कृति, खाद्य संस्कृति, चालचलन, ज्ञान, सीप र प्रविधिको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गर्ने नीति अवलम्बन गरिनेछ।
कृषि, पशुपालन, भूमिसुधार तथा उद्योग
“कृषि उत्पादनमा वृद्धिः नगरको समृद्धि” अवधारणा अनुसार कृषिमा आधुनिकीकरण, व्यवसायीकरण, विविधिकरण तथा यान्त्रीकरणको लागि किसानहरुलाई “कृषि यान्त्रीकरण र प्रतिफलमा आधारित कृषि अनुदान” को व्यवस्था गरिनेछ। साथै नगरपालिकामा अगुवा कृषक परिचयपत्रको सुरुवात गरिनेछ ।
भूमि वर्गीकरण गर्दै भू–उपयोग योजना यथाशिघ्र कार्यान्वयनमा ल्याइनेछ।
नगरपालिकाका सबै वडाहरुमा उत्पादन हुन सक्ने वालीको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र तथा ब्लक निर्माणका लागि “नगरप्रमुख कृषि कार्यक्रम” लाई निरन्तरता दिइनेछ। साथै, नगरभित्रका उत्कृष्ट कृषकहरुलाई पुरस्कृत र सम्मान गरिनेछ।
रंगुन र पुन्पुना जस्ता नदीका बगरको कृषिजन्य उपयोगका लागि बगर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। छाडा चौपायाहरुको उचित ब्यवस्थापन गरिनेछ ।
नगरपालिकाको वडा नम्बर १२ मा रहेको कृषि हाटबजार र कोल्ड च्याम्बरलाई सञ्चालनमा ल्याइनेछ। साथै शीत भण्डारको निर्माण गरिनेछ ।
सामुदायिक वनमा औषधीजन्य जडिबुटीको उत्पादन तथा उपयोगलाई प्रवर्द्धन गर्दै स्थानीय जडिबुटी उद्योगको स्थापना तथा सञ्चालनको कार्यका लागि प्रारम्भिक सम्भाब्यता अध्ययन गरिनेछ।
“माटो नै जीवन हो” भन्ने तथ्यलाई मध्यनजर गरी स्वस्थ माटो कार्यक्रम सञ्चालन गरिनेछ । गोठ सुधार, भकारो सुधार र खोर सुधार द्वारा गरिने मलको उत्पादन र जैविक विषादीमा अनुदान उपलब्ध गराउने ब्यवस्था गरिनेछ साथै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
सहकारी र लगानी वातावरण
नगरको आर्थिक सामाजिक तथा पूर्वाधार विकासलाई प्रभावकारी एवम् सहभागितामूलक बनाउन सार्वजनिक–निजी–साझेदारी कार्यक्रम मोडेलको अवलम्बन गरिनेछ।
नगरमा लगानी मैत्री वातावरण निर्माणका लागि नीतिगत, कानुनी र संरचनागत सुधार गरिनेछ।
यस नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाहरुको एकिकरण, र डिजिटल कारोवारलाई प्रोत्साहन गर्दै ऋयएयःक्ष्क् मा आबद्धता गरिनेछ।
पूर्वाधार विकास
पूर्वाधार विकासको कार्यलाई ब्यवस्थित गर्न सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरुको “परियोजना बैंक” तयार गरिनेछ ।
नगरपालिकाक्षेत्रभित्र नयाँ सडकको ट्रयाक खोल्ने कार्यलाई न्यून प्राथमिकता दिइ सञ्चालनमा रहेका बस्तीहरु जोड्ने मुख्य सडकहरुको स्तरोन्नतीमा जोड दिइनेछ । साथै नगरस्तरीय यातायात गुरुयोजना अद्यावधिक गरी सबै सडकहरुको अधिकारक्षेत्र कायम गर्ने नीति अवलम्बन गरिनेछ।
विगतका आर्थिक वर्ष देखि सञ्चालनमा रहेका विभिन्न उपभोक्ता समिति तथा ठेक्का माध्यमबाट सञ्चालित सम्पन्न हुन नसकेका योजनाहरुलाई पूर्णता दिइनेछ ।
लिप्ना–गैरीगाउँ–तिखाचुली–सापासेला–नायल–बुडर सडक निर्माण कार्यलाई रणनैतिक सडकका रुपमा निरन्तरता दिइनेछ।
पोखरी सिचाई, लिफ्ट सिचाई, थोपा सिचाई, प्लाष्टिक पोखरी सिचाई, स्प्रिङ्गकलर सिचाइ जस्ता वैकल्पिक सिचाईका योजनाहरुलाई प्राथमिकता दिइनेछ।
खहरे खोला नियन्त्रण र चुरे संरक्षणका लागि वायो–ईन्जिनियरिङ प्रविधिमा जोड दिइनेछ।
भवनको नक्सा पास प्रक्रियालाई कार्यान्वयनमा ल्याइनेछ। प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्षभित्र अभिलेखिकरण गरिनेछ ।
जोगबुडा बजार क्षेत्रको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बजार क्षेत्रबाट पायक पर्ने उपयुक्त स्थानमा मिनि बस पार्क वा पार्किङ स्थापना गरिनेछ ।
“उज्यालो परशुराम” नारालाई सार्थक बनाउन दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिनेछ । साथै विद्युत प्रणालीलाई ब्यवस्थित गर्न ३३ के.भि.ए. क्षमताको सबस्टेसन सञ्चालनमा ल्याइनेछ ।
टेलिफोन टावरको संख्या वृद्धि तथा स्तरोन्नतीमा जोड दिइनेछ। साथै नगरक्षेत्रभित्र इन्टरनेट तथा सूचना प्रविधिको विस्तारका लागि थप स्थानहरुमा अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाइ निरन्तरता दिइनेछ ।
नगरपालिकाका सार्वजनिक तथा संवदेनशील स्थानहरुमा सि.सि.टि.भी. जडान, ज्ष्नज mबकत ीष्नजत र क्mबचत सडकबत्ती व्यवस्थापनको कार्यलाई निरन्तरता दिइनेछ।
नगरभित्र खानेपानीको समस्यामा रहेका वडा न. ६ को कुणा, वडान. ७ को बस्नेउटा,ददिगडा,वडा.न ८ साइसैन, पुरनपानी, गुप्तेगडा, सानखोला, पनपा ३ को मीणा, पनपा ५ ठकुरीटोल, पनपा १२ लालढुंगा बजार लगायतका स्थानहरुमा नियमित रुपमा पर्याप्त मात्रामा स्वच्छ र सुरक्षित खानेपानीको लागि बजेट सुनिश्चितता गरिनेछ।
फोहोर ब्यवस्थापनलाई प्रभावकारी बनाउन बजार क्षेत्र तथा विद्यालयहरुमा बर्गीकृत फोहोर संकलनका लागि डष्टविनको ब्यवस्था मिलाइनेछ र फोहोर ब्यवस्थापन बारे विद्यालय तह देखि नै ब्यावहारिक शिक्षा लागु गरिनेछ ।
नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरुमा क्रमिक रुपमा व्यवस्थित सार्वजनिक शौचालयहरुको निर्माणलाई निरन्तरता दिइनेछ।
फोहोरलाई आधुनिक पद्धतिबाट ब्यवस्थापन गर्न फोहोरमैला ब्यवस्थापन केन्द्रको स्थापना गरिनेछ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
“प्रकृतिको संरक्षण, भविष्यको संवर्द्धन” भन्ने सोचका साथ दीगो विकास, वातावरण संरक्षण, वृक्षारोपण तथा हरियाली प्रवर्द्धन, वातावरणीय स्वच्छता र वन तथा वातावरणीय सेवाको जिम्मेवार उपभोगमा जोड दिइनेछ।
नगरको विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विपद् पूर्वतयारी, जनशक्तिको विकास, विपद् जोखिम नक्सांकन, भौतिक संरचनाको व्यवस्था, सम्बद्ध निकायहरुसँग प्रभावकारी समन्वय र सहकार्य तथा जनचेतना अभिवृद्धिलाई उच्च प्राथमिकता दिइनेछ। साथै बाढी पीडितबाट पूर्ण रुपमा विस्थापित भएका बाढीपीडितहरुलाई परिचयपत्रको व्यवस्था गरिनेछ ।
नगरपालिकामा आपतकालीन कार्यसञ्चालन केन्द्र मार्फत विपद् पूर्वतयारी, प्रतिकार्य र पूनर्लाभका कार्यक्रमहरुलाई व्यवस्थित एवम् प्रभावकारी ढंगले सञ्चालन गरिनेछन्।
जनआन्दोलन, द्वन्दकालका सहिदहरुको स्मृतिमा पार्क, गेट, प्रतिक्षालय, चौताराहरु निर्माण गरिनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक वनहरुलाई राजस्वको दायराभित्र ल्याइनेछ।साथै नगरमा रहेका ताल, पोखरी, झरना, नदी नाला तथा सिमसार क्षेत्र र समग्र पारिस्थितिक प्रणालीको संरक्षणका लागि सम्बन्धीत निकाय सँग समन्वय गरी विशेष कार्यक्रमहरु संचालन गरिनेछन्।
नगरको प्लास्टिकमुक्त अभियानलाई प्रभावकारि बनाउन कडाइका साथ नियमन गरिनेछ ।
वातावरणीय प्रभाव मूल्यांकन, दीगो विकासका मान्यता र आवश्यकताको विश्लेषण गरी रंगुन नदी जलाधारक्षेत्र भित्र व्यवस्थित क्रसर उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गरि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ।
।परशुरामधाम क्षेत्रमा जन्मदिनमा बृक्षारोपण गर्ने अभियानको सुरुवात गरिनेछ ।
संस्थागत विकास तथा सेवा प्रवाह
नगर प्रहरीको संरचना तयार गरी नगर प्रहरीको व्यवस्था गरिनेछ। साथै, नगरपालिका क्षेत्र भित्र शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सुरक्षा निकायसँग प्रभावकारी समन्वय गरिनेछ।
परशुराम नगरपालिका वडा नम्बर १ को कलेना, वडा नम्बर ३ को शीर्ष, वडा नम्बर ७ को गैरीखान, वडा नम्बर ८ को जमरानी, र वडा नम्बर ११ को सिमलवण्डमा थप प्रहरी पोष्ट स्थापनाका लागि पहल गरिनेछ।
स्वदेशी एवम् विदेशी मुलुकका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ।
नगरपालिकाको डिजिटल नगर प्रोफाइल, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा कर्मचारी जनप्रतिनिधि क्षमता विकास योजना जस्ता आधारभूत दस्तावेजहरु तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइनेछ। साथै डिजिटल नगर कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
नगरकार्यपालिकाको कार्यालय तथा सेवा विन्दु भन्दा दुर्गममा रहेका जनता तथा बस्तीमा एकीकृत घुम्ती शिविरहरुको परिचालन गरी जनताको घरदैलोमा प्रभावकारी सेवा प्रवाह गरिनेछ।साथै दुर्गमका वडाहरुमा सम्बन्धीत वडा कार्यालयहरुबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिन भएको छ ।
सार्वजनिक सेवा प्रवाहमा शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।
नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण तर्जुमा गरी दरवन्दी स्वीकृत गरिनेछन्। नगरपालिकाको मौजुदा दरवन्दी तेरिज बमोजिमका पदहरु पूर्तिका लागि प्रदेश लोक सेवा आयोग तथा सम्बद्ध निकायहरुसँग पहल गरिनेछ।
अध्ययन तथा अध्यापन, अनुसन्धान तथा नवप्रवर्तनको विकासका लागि पुस्तकालयको स्थापना गरिनेछ।
आन्तरिक स्रोत र राजस्व परिचालन
आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माणका लागि नगरपालिकाले संकलन गर्ने राजस्वको क्षेत्र पहिचान र विद्यमान करका दर तथा दायरामा आवश्यकता बमोजिम परिमार्जन गर्ने नीति अवलम्बन गरिनेछ।
तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने वडालाई उत्कृष्ठ वडा घोषणा गरी सम्मान तथा पुरस्कृत गर्ने नीतिलाई अवलम्बन गरिनेछ।
न्यायिक समिति, कानुन, मानवअधिकार तथा मेलमिलाप
न्यायिक समितिको क्षमता अभिबृद्धिका कार्यक्रम सञ्चालन गरिनेछन् ।नगरपालिकामा मेलमिलापकर्ताहरुको जनशक्ति थप गरिनुका साथै वडास्तरीय मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ५ दिने पुनर्ताजगी तालिम सञ्चालन गरिनेछ ।
उपलब्ध स्रोत साधन र संयन्त्रको उचित प्रबन्ध गर्दै सम्पूर्ण नगरबासीहरुलाई छिटो, छरितो, पहुँचयोग्य र प्रभावकारी न्याय सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ।न्यायिक समितिको अग्रसरतामा राउटे, आदिवासी, एकल महिला, हिंसामा परेका महिला, अपाङ्ग, दलित, सीमान्तकृत समुदाय तथा वञ्चितीकरणमा परेको वर्ग समुदायलाई न्यायमा पहुँच अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ।
कानूनमा आवश्यक समयसापेक्ष सुधारका लागि नगरपालिकाद्वारा जारी गरिएका स्थानीय कानुनहरुको आवश्यकता अनुसार संसोधन, परिमार्जन तथा एकीकरण गरिनेछ।साथै अन्य स्थानीय तहहरु सँग समन्वयमा कानूनविद्हरुको सहभागितामा कानून निर्माणमा भएका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम आयोजना गरिनेछ ।
परशुराम नगरपालिकाको आयोजनामा स्थानीय तहको न्याय सम्पादनको असल अभ्यासहरुको अनुभव आदानप्रदान गर्न न्यायिक समिति सम्मेलनको आयोजना गरिनेछ । साथै मेलमिलाप र बहसरोकारवाला द्वन्द रुपान्तरणका लागि कार्य गर्ने सरकारी तथा गैरसरकारी संघ संस्था सँग समन्वय गरी एकिकृत रुपमा मेलमिलाप तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने मेयर जोशी द्वारा नगर सभा समक्ष टेवल भएको आर्थिक वर्ष २०८१/०८२ को १ सय वुदे निति तथा कार्यक्रममा उल्लेख छ । उक्त १ सय वुदे निति तथा कार्यक्रम माथि नगर–सभामा दफावार छलफल भई रहेको नगर–प्रवक्ता खगेन्द्र वहादुर सिहले जानकारी दिनु भएको छ ।