प्रदेश स्तरीय समन्वयात्मक कार्याशाला गोष्ठी सम्पन्न

डडेल्धुरा-यु.एस.एड.जल जंगल कार्यक्रमको आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरीय समन्वयात्मक कार्यशाला गोष्ठी डडेल्धुरामा आज सम्पन्न भएको छ ।

यु.एस.एड.जल जंगल कार्यक्रमका डि.सि.ओ.पी. अजय पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका बन निर्देशक हेम राज विष्ट विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा बाट अतिथिहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला बाट डिभिजन बन कार्यालय तथा भु तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरु लाई यु.एस.एड.जलजंगलका भास्कर भट्टराईले स्वागत गर्नुभएको थियो त्यसै गरी यु.एस.एड.जल जंगल कार्यक्रमका डि.सि.ओ.पी. अजय पाण्डेयले कार्यक्रमको इतिहास तथा काम गर्ने मोडालीटीको बारेमा जानकारी दिनुभएको थियो ।

यु.एस.एड.जल जंगल कार्यक्रमले आफ्नो तेश्रो वर्षको कार्यक्रम तयार गर्न लागीरहेको सन्दर्भमा सुदूरपश्चिमका सरोकारवालाहरु संग समन्वयात्मक बैठक बसी आगामी दिनको कार्यक्रमको लागी सुझावहरु संकलन गरिएको र आगामी दिनमा कसरी समन्वयकारी भुमिका निर्वाह गर्दै अगाढी बढ्ने भन्ने विषयमा कार्यक्रममा छलफल भएको यु.एस.एड.जल जंगल कार्यक्रमका अस्मिता ओझाले बताउनु भयो ।

You might also like