राष्ट्रिय हाप्किडो प्रतियोगितामा डडेल्धुरा च्याम्पीयन

यहि असार २ र ३ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेत मा नेपाल हाप्किडो संघ को आयोजनामा भएको नबौ राष्ट्रिय हाप्किडो प्रतियोगिता मा डडेल्धुराको टिम च्याम्पियन भएको छ ।
देशभरका ५२ जिल्ला ले सहभागिता रहेको उक्त प्रतियोगितामा डडेल्धुरा जिल्ला ले ६ स्वर्ण पदक २ रजत र ३ कास्य पदक हात पार्दै टिम च्याम्पियन बनेको डडेल्धुराले नगद पचास हजार सहित उत्कृष्ट खेलाडी को उपाधि जित्न सफल भएको छ । उक्त प्रतियोगितामा द्धितिय नुवाकोट र तृतिय दांग भएको छ उनिहरुले क्रमसः ३५ हजार र २५ हजार सहित ट्रफि हात पारेका छन् ।
उक्त प्रतियोगिताको पुरुष तर्फ बेस्ट फाइटर डडेल्धुराका उमेश बोहरा लाई नगद रु ५००० सहित सम्मान गरिएको थियो ।
डडेल्धुराको तर्फ बाट राजेन्द्र पन्त, उमेश बोहरा, महेश महता, चन्द्रा भाट, निशा दमाई, धना बोहराले स्वर्ण पदक जितेका थिए भने लक्ष्मण खाती र मोहना खड्काले रजत पदक प्राप्त गरेका थिए । यसै गरी भागरती खड्का र विन्दु डांगी ले काश्य पदक प्राप्त गरेका थिए ।
बिरेन्द्र नगर सुर्खेत मा प्रतियोगिता गर्नु को मुख्य उदेश्य आगामी मंसिर मा हुने बृहत् दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता लाइ लक्षित रहेको प्रशिक्षक राजेन्द्र मडैले बताउनुभयो ।

 

You might also like