गोकुलेश्वरमा दोस्रो संस्करणको चर्मण्वती साहित्य सम्मेलन सम्पन्न

गोकुलेश्वर–बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा दोस्रो संस्करणको चर्मण्वती साहित्य सम्मेलन तथा अन्तराष्ट्रिय काव्य गोष्ठी सम्पन्न भएको छ ।

आइतबारदेखि शुरु भएको सम्मेलन सोमबार नेपाल र भारतका मुर्धन्य साहित्यकारसँगै पत्रकारहरुलाई सम्मान गर्दै सम्पन्न भएको हो । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा सम्पन्न सम्मेलनमा भारतको उत्तराखण्ड, उत्तरप्रदेश, पश्चिम बंगाल र सिक्किम प्रान्तका कवि, साहित्यकार र पत्रकारहरुका साथै सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रशिद्ध साहित्यकारहरुको सहभागिता थियो ।

सम्मेलनमा नेपाल तथा भारतका साहित्यानुरागी रकलाकारहरुकासमेत सहभागिता रहेको थियो । सम्मेलनमा साहित्य जगतका विविध बिषयमा छलफल र प्रस्तुती गरिनुका साथै पाँचबुँदे घोषणा पत्र जारी गरिएको आयोजक राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए । सम्मेलनमा नेपाल र भारतका साहित्यकारहरुद्वारा लिखित तीनओटा पुस्तकको विमोचन गरिएको थियो । स्थानीय कला, भाषा र संस्कृतिको संरक्षणका लागि सम्मेलनको आयोजना गरिएको लेखकले बताए ।

गंगादशहराको दिनलाई चर्मण्वती दिवसको रुपमा मनाउने गरिएको र त्यसैको अवसरमा सम्मेलनको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । चर्मण्वती सभ्यताको बिषयमा सबैलाई जानकारी दिने र तटीय क्षेत्रका स्थानीय तहहरुलाई चर्मण्वती सभ्यतामा जोड्नका लागि सम्मेलन उपलब्धीमुलक भएको उनले जानकारी दिए ।
सम्मेलनमा सहभागी भारतका साहित्यकारहरुले सम्मेलनले साहित्यका माध्यमबाट दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेको बताए । साहित्यका माध्यमबाट छिमेकी देशहरुको सम्बन्ध विस्तार हुने भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीले बताए ।

साहित्य सम्मेलन तथा अन्र्तराष्ट्रिय काव्य गोष्ठीमा नेपाल तथा भारतका साहित्यकारहरुले आफ्ना प्रस्तुती राखेका थिए । सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा.पिताम्बर अवस्थी, डा. अरुणप्रतापसिंह भदौरिया गायिका भगवती दनुपुरिया, कथ्थक नृत्यकार गुरु हेमन्त महाराज, अजय गोश्वामी, दिया आर्या, लगायत मुर्धन्य साहित्यकार र कलाकारहरुको सहभागिता थियो ।

यस्तै नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा, दुर्गाकिरण तिवारी, गंगा बिष्ट, गंगा शर्मा भट्ट, तीर्थराज पाण्डेय, गडसेरी माइला, गणेश नेपाली, कृष्णदत्त चटौत (कान्त), पूर्णबहादुर मल्ल, प्रजापति नेगी, कविराज भट्ट, खिमानन्द बडु, कैलाशकुमार पाण्डेय लगायत एक सय बढि साहित्यकारहरुको सहभागिता थियो ।

सम्मेलनको समापन समारोहमा नेपाल र भारतका मुर्धन्य साहित्यकारसँगै दुबै देशका पत्रकारहरुलाई सम्मान गरिएको छ । सम्मेलनमा देवभूमी राष्ट्रिय दैनिकका प्रधान सम्पादक राम धामीलाई प्रेस स्वतन्त्रता सेनानी रामबहादुर चन्द पत्रकारिता सम्मान प्रदान गरिएको छ । सम्मेलनमा सहभागी झण्डै तीन दर्जन साहित्यकार र एक दर्जन पत्रकारहरुलाई सम्मान गरिएको हो ।

चर्मण्वती सभ्यताको विकास र विस्तारका लागि पहल गर्ने, निती कार्यक्रम बनाउने लगायतका विषयहरु सम्मेलनबाट जारी घोषणापत्रमा उल्लेख गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष लेखकले बताए । चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीले साहित्यक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने र नेपाल र भारतको परष्पर सम्वन्ध सुदृढ हुने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले विश्वास ब्यक्त गरे ।

सम्मेलनको समुद्घाटनगर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले चर्मण्वती सभ्यताको खोज अनुसन्धान गर्न विश्वविद्यालयले योजनावद्ध रुपमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका रष्जिटार यज्ञराज चटौतले चर्मण्वती सभ्यताको इतिहासका बारेमा खोज अनुसन्धान हुनुपर्ने औंल्याएका थिए । साहित्य सम्मेलनले प्राचिन चर्मण्वती र हाल चौलानी तथा चमेलिया नदीका रुपमा परिचित नदी दुर्घन्धित हुन थालेकाले सरसफाई गरिनुपर्ने औंल्याएको छ ।

You might also like