रुहाना वगर
जोगबुडा-डडेल्धुराको परशुराम नगरपालिकामा सामुदायिक मेलमिलाप सम्वन्धि ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
जेठ २७ गते नगरपालिका स्तरीय न्यायिक समिति संयोजक तथा नगर–उप–प्रमुख विमला कुमारी बोहरा महताको अध्यक्षतामा तालिम सुरु भएको थियो ।
परशुराम नगरपालिकाका १२ वटै वडामा गठित न्यायिक समिति संयोजक तथा सदस्यहरुलाई ८ दिन सम्म तालिम दिइएको हो ।
उक्त ८ दिने तालिमको सहजिकरण कानुनबिज्ञ दिपकराज भट्टले गर्नु भएको नगरपालिकाका कानुन अधिकृत गोबिन्दराज जोशीले जानकारी दिए ।
तालिम असार २ गते नगर–उप प्रमुख बिमला कुमारी महताको अध्यक्षता तथा नगर–प्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा समापन भएको हो
।
तालिम आफुहरुका लागि निकै प्रभावकारी भएको सहभागिहरु मध्येवाट परशुराम नगरपालिका वडा।न ११ का सदस्य छविलाल घिमीरेले वताए ।
हामी धेरै कानुनका धारा,दफा र क्षेत्राधिकारका वारेमा अनविज्ञ थियौं वडामा आउने र गाउघरका हाम्रो क्षेत्राधिकार भित्रका झै झगडाहरु मिलाउन सहज हुने वडा।न १ का वडा सदस्य गौरीलाल कामीले वताए ।
तालिममा सहभागि सबैलाई नगर–प्रमुख भरत वडायर जोशीले सिकेको क्षेत्राधिकार भित्र रहि गाउँमा मेलमिलाप र सब्य समाज निर्माण गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो ।